अन्नपुर्ण ओपन फुटसल टुर्नामेन्ट हुँदै


कपनस्थित एकताबस्तिमा रहेको ‘कान्तिपुर फुटसल’मा एकदिने ‘अन्नपुर्ण ओपन फुटसल टुर्नामेन्ट’ हुने भएको छ । सिटि हेल्थ स्टुडियो, धुमबराहीको आयोजनमा यही फागुन १ गते हुन गइरहेकाो यस टुर्नामेन्टमा काठमाण्डौ उपत्यकाका २० वटा फुटसल टोली सहभागी हुनेछन् ।

“शहरीया व्यस्त जीवनशैली तथा विश्व स्वास्थ्य चुनौतीको यस परिस्थिति सहज भएको मौका देखी हामीले यो टुर्नामेन्टको आयोजना गर्न लागेका हौं । स्वस्थ जीवनशैली र फुटसलका सौखिनहरुका लागि धेरै लामो समय पछि एक खालको रिफ्रेश्मेन्ट होस भन्ने उद्देश्यले ‘अन्नपुर्ण ओपन फुटसल टुर्नामेन्ट’ गर्न थालिएको” कुरा सिटि हेल्थ स्टुडियो, धुमबराहीका संचालक तथा यस टुर्नामेन्टका आयोजक उद्धव मानन्धरले बताउनुभयो ।

विजेता टोलीले ट्रफी सहित रु १ लाख नगद प्राप्त गर्नेछन् भने उप विजेताले ट्रफी सहित रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । टुर्नामेन्ट विहान ८ बजे प्रारम्भ हुनेछ ।


Loading comments...