Lifestyle Portal
  •   १३ माघ २०७९, शुक्रबार

आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिइने

१ फाल्गुन २०७७, शनिबार ०८:१७

लोकप्रिय

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।

अमेरिकामा अब खोपहरु औषधि पसल र सुपरमार्केटका फार्मेसी पसलमा पनि उपलब्ध गराइने योजना अगाडि बढेको छ । बाइडेन प्रशासनले मोडर्नाबाट एक करोड तथा फाइजर कम्पनीबाट एक करोड डोज खोप किन्ने सम्झौता गरेको छ ।

युरोपेली मुलुकमा कोभिड–१९ का संक्रमितको संख्यामा केही कमी आइरहे पनि विश्वका अन्य स्थानमा कोरोनाभाइरसको प्रभाव अझै बाँकी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओका युरोप निर्देशक हान्स क्लजले कोरोना भाइरसको संक्रमणमा कमी आएको देखिए पनि समुदायस्तरमा नयाँ स्वरुपमा कोरोना फैलिएको हुन सक्नेतर्फ सचेत रहनु पर्नेमा जोड दिए ।

युरोपेली मुलुकहरुमा अझै पनि हरेक साता पाँच लाखको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन् । खोप खरिदको पछिल्लो विश्लेषणमा संयुक्तराज्य अमेरिका नै अग्र स्थानमा रहेको छ ।

यहाँ कोरोना संक्रमणबाट चार लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकामा सबै योग्य व्यक्तिलाई जुलाईको अन्त्यसम्ममा खोप दिन पुग्नेगरी पर्याप्त खोपको व्यवस्था गर्न लागिएको बाइडेन प्रशासनले जनाएको छ ।

एएफपीको गणना अनुसार विश्वभर कम्तीमा ९१ मुलुकका १५ करोड ५७ लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । तर सीमित आपूर्तिका कारण खोप अभियानमा असर परेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल