Lifestyle Portal
  •   ८ असार २०७८, मंगलवार

भोटले बिगारेको वा बनाएको नेपाल ?

१४ पुष २०७५, शनिबार १७:३०

suyog dhakal
सुयोग ढकाल

उपत्यकाभित्रको सार्वजनिक यातायातको बसमा चढेको छु । चढ्नासाथ बसभित्र एकप्रकारको दुर्गन्ध आँउछ अनि त्यसलाई नजरअन्दाज गर्दै म सरक्क गएर कपडा फाटेको र धुलाम्मे एउटा सीटमा बस्छु । झ्यालवाट धुलो बिना कुनै रोकटोक छिरिरहेको छ, सीट छेउमा बसेका साथीले झ्यालमा रयाल पर्ने गरि हाछ्यू गर्दछन्, म घिनले मुरमुरिइसकें । यो देशमा सिस्टम नै छैन्, मनमनै म सोचिरहेछु । अनि केहि बेरमा म आफ्नो स्टपमा ओर्लने प्रयास गर्दा भींडबाट छिचोलिँदै झर्ने कोशिसमा जुत्तामा कसैले भुँइमा चपाएर फालेको चुइगम टाँसिन्छ, यो भन्दा बिरक्त लाग्ने कुरा के हुनसक्ला र ?
अब मैले गर्ने प्रतिक्रियाले मलाई ब्याख्या गर्दछ शायद, मेरो प्रतिक्रियामा रिस छ ।

म यो देशमा नेता भएन, सिस्टम भएन भनेंर भुतभुताँउदै छु । यो राजनिती हरेक ठाँउमा छ, मेरो घरको ग्याँस देखि बसको ग्लास सम्म । म राजनितीलाई प्रत्यक्ष असर पार्न त सक्दिन तर म जस्ता आम मान्छेहरुले गरेको भोट बाट बनेको सदनले राजनितीकोे काँचुली बनाउने, फेर्ने अनि लुकाउने सम्म गर्दछ । म मात्र हैन म जस्ता धेरै नेपालीहरुको यस सिस्टम अनि मुलत राजनितीसंग अनि नेतृत्वसंग बितृष्णा छ । खै किन हो हामीमा राजनिती अनि प्रजातन्त्र प्रति नै एकखाले बितृष्णा झैं भएको छ, पश्चिमा देशहरुमा डेमोक्रेटिक फ्याटिग सिन्ड्रम भनेंर अहिले बहुतै चर्चामा रहेको शव्दावली हाम्रो देशमा पनि देखिन्छ, घरिघरि । हामी सानो सानो कुरामा राजनिती अनि नेतृत्वलाई तान्दछौं जुन कुरा उदेक लाग्दो छ ।

अहिले नेता या पार्टी बिशेषलाई गाली गर्ने हामीहरु आँफै मतदानका बेलामा भनें कुनै बिशेष उम्मेदवार या पार्टीका लागि ज्यान थापेरै हिँड्ने भने गर्दछौं । हामीले भोट गरेर पठाएका हाम्रा उम्मेदवारहरु काम नदिने भएपछि या कम काम दिने भएपछि गल्ती त हामी आफ्नै छनौटमा नै छ भन्ने हामीले बुझ्न नसकेको पनि हो । हामी शायद भोट गर्ने बेलामा कुन उम्मेदवारले कत्तिको काम गर्दछ भन्दा पनि त्यस ब्यक्ति आफू या आफ्नो पक्कडमा कत्तिको नजिक छ भन्ने कुरालाई बढि महत्व दिएर हेर्दछौं अनि पछि धोका पाँउदछौं । नत्र काठमाडौंमा उहिल्यै मेलम्ची आइसक्नु पर्ने, नेपाल स्वीजरल्याण्ड भइसक्नु पर्ने, धुलो र खाल्टाखुल्टी पुरिइसक्नु पर्ने, रानी पोखरीमा पानी भरिसक्नु पर्ने लगायत धेरै वाचाहरु यसरी किन तुहिन्थे होला र ? हुन त सार्वजनिक यातायातका बिषयमा पनि धेरै वाचा बन्धन नभएका हैनन् तर मेरो आजको यात्राले यातायातको अवस्थाको बेलिबिस्तार लगाइसक्यो ।

भोट गर्दा हामी जात, धर्म, बोली र भाषा, लगाइखवाई लगायत अन्य बिभिन्न कुराहरु हेर्दछौं अनि चाहिने भन्दा बढि साम्प्रदायिक भावमा बहकिन्छौं शायद । हामी नेपालीको भोटिगं सस्कारको यसै कुरालाई आज यहाँ अभिब्यक्त गर्न चाहें । म भोटमा केन्द्रित हुन चाहें, प्रजातन्त्रको मुल मापदण्ड भोटिगं अथवा मतदान गर्नु पनि हो । हामी नेपालीहरुको भोटको तिर्सना पोहोर साल लगालगी क्रमवद्ध भोटका श्रृखलाले पुरा गरिदिएको पनि हो । अब यस परिपेक्ष्यमा आज कथाकुनोमा मैले भोटिगं क्रेजको कुरा गर्दा मलाई बेमौसमी बाह्रमासेको कुरा गरो भनेंर नभन्नु होला है । म आज पृथक तर बहुतै चलनमा रहेका भोटका कुरा गर्दैछु अनि उक्काउन जाँदैछु कसरी प्रजातन्त्रको यो प्रावधान आजभोली अति धेरै ब्यवसाहीक बन्दैछ भन्ने ।

हामी नेपालीहरु यो मत जाहेर गर्ने कुराहरुमा अति बिशेष चाख राखेर ब्यबहार गर्दछौं । लामकाने खसीले डालेघाँस रित्याएझैं हामी आफ्नो मत जाहेर गर्न खप्पीस छौं, हरवखत हरसमय हामी आफ्ना मत, बिचार अनि आवाज प्रकट गर्न र पोख्न तम्तयार छौं । तेश्रो लीगंीका लागि फेसबुकले ल्याएको प्रोफाइल सुन्तला रंगको पार्ने चलन देखि प्रे फर फलाना देशका ह्यासट्याग सम्म हामी नेपालीहरुकै जिम्मा झैं सोचेर गर्दछौं । फ्रान्समा केहि वर्षअघि एउटा पत्रिका चार्ली हेब्डोमा भएको आक्रमण र हत्याको बिरोधमा धेरै नेपालीहरुले आफ्नो फेसबुक प्रोफाइल परिवर्तन गर्दै प्रे फर फ्रान्स ह्याशट्याग गर्दै बहुतै सहानुभूति देखाए । त्यसपछि प्रे फर सिरिया, प्रे फर ढिस्काना लगायत के के अनि कस कसका लागि हामी सामाजिक सञ्जालमा प्रे गरेनौं ? हाम्रा केही नेपाली दाजुभाईहरु अफगानीस्तानमा बम आक्रमणमा मारिएका समयको पनि कुरा अभिब्यक्त गर्न चाँहे जब त्यहाँ बितेका हाम्रा ११ जना दाजुभाईको शोक समाचार खासै कुनै बिदेशी च्यानलले देखाउने चेष्टा त गरेन गरेन उता प्रे फर नेपाल भन्ने कुनै बिदेशी जमात पनि भेटिएन् ।

सामाजिक सञ्जालमा अभिब्यक्त गर्नु अनि भर्चुअल एैक्यवद्धतामा सामेल हुनु मात्र बिश्वव्यापीकरण हैन्, नेपालीहरुले बुझ्न जरुरी छ । अब अरु देशका लागि त्यती गर्न सक्ने हामी नेपालीहरु जब आफ्नै देशको कुरा आँउछ तब नजुरमुराउने कुरै भएन्, कि कसो? श्रृखलालाई मीस वल्र्डमा भोट गर्ने चलनमा फुलटाइम कर्मचारी झैं हामी मध्य धेरै लागेका थियौं, भोटमा पुरापुरी लाग्नै नपाए पनि फेसबुकको वालमा एक शेयर नगर्ने कुरा भएन क्यारे । प्रशान्त तामागंको पहिचानमा देखिएको थोरै नेपालीपनलाई पनि हामी यति खुबिका साथ निभायौं कि हामीले एउटा इतिहास रच्यौं ।

आज पनि भारतीय रियालीटी कार्यक्रममा नेपाली या नेपालीभाषीको उपस्थितीलाई टिआरपी बढाउने बिशेष तत्वका रुपमा लिइन्छ । अनि भारतबाट यसरी आएका चलन नेपालमा पनि नभित्रिने कुरै जो भएन, हैन र ?
अहिले नेपालीको सामाजिक सञ्जाल देखि भित्ता अनि पोलहरुमा सम्म भोट माग्ने पोष्टरहरुको बिगबिगी पाइन्छ । यस्तो लाग्छ कि हाम्रा फेसबुक र ट्विटरहरु लगायत सम्पूर्ण इन्टरनेटको भर्चुअल संसार एउटा रणभूमि भएको छ, भोट माग्नेको लर्को चलनमा छ अनि तिनलाई पछ्याउने एउटा जमात खुबै सक्रिय छ भोट अभियान मा । बाटा बाटामा पर्चाहरु टाँसिएका छन्, भोट फर फलाना, चिलाना अनि ढिस्काना भएर । सागिंतिक रियालीटी शो हरुको लर्को गज्जबले भोटिगं प्रक्रियामा पुगेका छन् । श्रृखलालाई अनवरत भोट गरेर नथाकेका औंलाहरु अब सांगितिक उम्मेदवारको भोटिगं प्रक्रियामा ब्यस्त छन् । यो राम्रो कुरा हो, आखिर केही कुराले नेपालीपनालाई बाँधेको त छ ।

तर राजनैतिक भोटका श्रृखलाले बिथोलेको मेरो देशमा सास्कृतिक कार्यक्रमहरुमा पनि कहिलेकाँही राजनैतिक गन्ध अनि टुक्राटाक्री पहिचानका कुरा अनि मुद्धाले मेरो मन बिथोल्छ । राजनितीमा झैं यस्ता साँस्कृतिक कार्यक्रममा पनि समुदाय अनि सम्प्रदायमा आधारित भएर पूर्वाग्रह राखेर मात्र भोट गरिन्छ । जसरी राजनितीमा उम्मेदवार छान्दा हामीले उम्मेदवारको क्षमता र कार्यकुशलता भन्दा आफन्त, नाता अनि पक्कड हेर्दछौं अनि त्यसतै साँस्कृतिक कार्यक्रमहरुमा पनि हामी आफ्नो जात, वर्ण, समुदाय, क्षेत्र हेर्न थालेका छौं । एउटा नेपालीले किन केहि कुरामा पनि अर्को नेपालीलाई केवल नेपाली भएका आधारमा समर्थन गर्दैन, म अचम्म पर्दछु । कोही सुदुरपश्चिमको भएका आधारमा, कोही मधेशको भएको आधारमा, कोही फलाना शहर भएकाले, कोही पूर्वका भएकाले । धेरै टुक्राटाक्री मापदण्डमा नेपाल फेरि २२ से २४से राज्य ताकाका टुक्रामा बिभाजीत भइसक्यो झैं लागेको छ मलाई आजभोली । एउटा यति सानो देश छौं हामी कि एकघण्टा भन्दा धेरै उत्तर या दक्षिण तिर उड्यो भनें मात्रै अर्को देशको आकाश आँउछ, केही घण्टाको गाडी यात्रा पछि मात्रै पनि अर्को देशको सिमा पुगिन्छ तर मनमा भनें दुरदराजसम्म नेपालीपनाको साटो २२से २४ से राज्य ताकाका बिभेदलाई पालेर बस्या छौं ।

राजनितीमा नेताहरुले टुक्राएका झैं यस्ता रियालीटी शो हरुले पनि कहिलेकाँही हामीलाई टुक्राउने काम गरिरहेको त छैन ? फलाना ठाँउमा फलाना नाम र फलाना थर गरेर हामी भित्रको साम्प्रदायिक्ता जगाएर एउटा कलाकार भन्दा पनि एउटा सम्प्रदायलाई माया गर्न सिकाँउदै त छैनौं हामी यो प्रकारको भोटिगं रियालीटी ले, सोचौं है । भोटिगं चाहे जे सुकै कुरामा होस्, राजनिती या सास्कृतिक कार्यक्रम तर भोट गर्नेहरुले स्वच्छ अनि विशुद्ध रुपमा लायक अनि क्षमतावान मान्छे पूर्वाग्रह बेगर छान्न सक्नुपर्दछ । क्षमतावान र चिनजानमा फरक छ, शायद हामी अहिलेसम्म गलत मान्छेहरुलाई सदनमा पुर्याउनुको मुख्य कारण नै हामीले क्षमतावान र चिनजानमा फरक छुट्याउन नसकेकाले त हैन ? रियालीटी शो मा पनि दर्शकलाई छनौटको जिम्मा दिइनु राम्रो हो तर छनौटको नाममा अनि भोटिगंको रकमको लालचमा दर्शकलाई ग्रुपीज्ममा उत्प्रेरित गर्दै कार्यक्रमको आय र टिआरपी बढाउनु भनें नराम्रो नै हो । यस बिषयमा सरकार अनि समाज दुबै चनाखो हुन पर्ने देखिन्छ है । नेपालीपनलाई एउटा आधारमा बाँध्ने संस्कार अनि संगित आजको आवश्यक्ता हो ।

मलाई गज्जब त त्यति बेला लाग्नेछ जब पूर्वका भाई ले देउडा गाउनेछन्, पश्चिमका भाइले अरुण उपत्यकाका गीत सुसेल्छन्, तराईकि नानीले हाकुपटासी लगाएर राजामतीमा नाच्नेछिन अनि हिमालबाट आएका साथीले भोजपुरी गीतमा भाका हाल्नेछन् । थोरै कलाकारहरु माथिको अनि कला माथि कै सामन्तवादको पनि कुरो गर्न पर्ने जरुरी छ आज । यस्तै रियालीटी शो मा निक्कै माथीसम्म पुगेका एकजना भाई आफ्नो गुनासो सुनाँउदै थिए । पासपोर्टमा आधा बिश्वको भीसा लाग्यो, घुमियो मान्छेले चिने तर एउटा कलाकार कम अनि कर्मचारी बढि भएर केवल थोरै तलबमा वर्षभरि घुमियो, गाइयो, नाचियो । अब अर्को वर्ष उन्को ठाँउमा अर्को अनुहार आँउछ, उनी पुराना हुन्छन् तर गरिखाने भाँडो खै ? वर्षभरिको दौडाहामा पढाई पनि थाती राखेका तिन्ले अब फेरि कलाकारिताको दौड शुरु गर्नुपर्नेछ । एउटा असल कलाकारलाई कुनै अमुक सँस्थाको कर्मचारी बनाएर बिश्वभरिका मञ्चमा बेच्न हामीले भोट गरेका रहेछौं, हैन त?

राजनैतिक भोट दिएपछि म उम्मेदवारको ति बेलाको भाषण र अहिलेको बसको धुलाम्मे सीट, कोचाकोच यात्रा अनि निस्सासिने दैनिकी याद आँउछ । अरु धेरै कुरा छन् यो भोट दिनु अघि र दिएपछि आजसम्म मन बिथोलिएका कुराहरु । सास्कृतिक भोट भन्दा टुक्रिएको नेपाल, साम्प्रदायिकता अनि कलाको सामन्तवाद याद आँउछ । नेपालीहरुलाई यो भोट नफापेकै हो त ?

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सागर बेल्बासे, साैरभ न्याैपाने- देशको राजनितिमा विधि र नियतको प्रश्न उठ्नु नौलो विषय होइन । हरेक सरकारका बिपक्षी, शुभचिन्तक बौद्धिक

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी