
नेकपा प्रचण्ड-नेपाल समूहले जनयुद्ध दिवस मनाउँदै, माधव नेपाल उपस्थित नहुने
१ फाल्गुन २०७७, शनिबार ०८:१९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह आज (शनिबार) ‘जनयुद्ध’ दिवस मनाउँदैछ । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा नेकपाको प्रचण्ड–नेपाल समूह दिवस मनाउन लागेको हो ।
२०५२ साल फागुन १ गते औपचारिक रुपमा तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ को सुरुवात गरेको थियो । तीन वर्षअघि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नयाँ दल नेकपाले यसअघि एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाएको थियो ।
तर, यसपाली प्रतिनिधि सभा विघटनसँगै नेकपामा आएको विभाजनका कारण प्रचण्ड–नेपाल समूहमात्रै ‘जनयुद्ध’ दिवस मनाउन लागेको छ । उक्त समूहले केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजे विभिन्न आन्दोलन र ‘जनयुद्ध’ मा सहिद भएकाहरूको स्मृतिमा सभा आयोजना गरिने जनाएको छ ।
कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने छन् भने अर्का अध्यक्ष माधवकुमार नेपालको उपस्थिति रहने छैन । उनी धनकुटामा रहेकाले ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजना हुन गइरहेको कार्यक्रममा उपस्थित हुन असमर्थ रहने बताइएको छ ।
यद्यपि प्रचण्ड–नेपाल समूहले सल्लाह गरेरै पेरिसडाँडामा कार्यक्रम राखिएको जनाएको छ । पेरिसडाँडाले ‘जनयुद्ध’ दिवसको अवसरमा ‘सहिद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई कार्यक्रम आयोजना गर्न ‘सर्कुलर’ जारी गरेको छ ।
२०५२ फागुन १ गतेबाट सशस्त्र हिंसा सुरु गरेको दिनलाई तत्कालीन माओवादीले ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएको छ । १० वर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा झण्डै १७ हजार नेपालीको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा