Lifestyle Portal
  •   २१ फाल्गुन २०७७, शुक्रबार

नौ वर्षको शासनकालकै ‘कठिन समय’ मा उत्तर कोरियाली नेता किम जोङ उन

१ फाल्गुन २०७७, शनिबार ०८:२९

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले कोरोना महामारीका कारण उत्पन्‍न आर्थिक संकटको समाधानका लागि कुनै नयाँ योजना प्रस्तुत गर्न नसकेको भन्दै वरिष्ठ अर्थ अधिकारीलाई कारबाही गरेका छन् ।

गत महिना नियुक्त गरिएका वरिष्ठ अर्थ अधिकारीको कामप्रतिको प्रस्तुती सन्तोषजनक नभएको भन्दै बर्खास्त गरेको जानकारी दिएका छन् । उत्तर कोरियाको सरकारी सञ्‍चारमाध्यमका अनुसार किमको नौ वर्षको शासन कालकै निकै कठिन समयमा रहेको बताइएको छ ।

संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध हटाउने अपेक्षा गरिए पनि प्रतिबन्ध नहटाउनु, कोरोना महामारीका कारण सीमा बन्द हुँदा आर्थिक क्षेत्र प्रभावित हुनु र प्राकृतिक प्रकोपका कारण बालीमा ठूलो क्षति हुँदा कमि अहिले निकै कठिन समयको सामना गरिरहेको बताइएको छ । दशकौंदेखिको रणनीति असफल हुनु र सन् १९९० देखिको भोकमरी थप वृद्धि जाँदा उत्तर कोरियाले ठूलो संकटको सामना गरिरहेको छ ।

सीमा क्षेत्रमा लगाइएको प्रतिबन्धले उत्तर कोरियाको ठूलो आर्थिक साझेदार चीनसँगको व्यापारमा ठूलो क्षति पुर्‍याएको छ । पछिल्लो १० महिनामा चीनसँगको व्यापारमा ७५ प्रतिशतले गिरावट आएको छ ।

सन् २०११ मा किमले सत्ता सम्हालेपछिकै पहिलो पटक उत्तर कोरियाली उद्योगहरुले कच्चा पदार्थको अभावको सामना गरेका हुन् । जसका कारण चिनिलगायतका अन्य खाद्यपदार्थको मूल्य चार गुणाले बढेको दक्षिणी कोरियाली गुप्तचर एजेन्सीले जनाएको छ ।

केही विश्लेषकहरुले अहिलेको चुनौतीले उत्तर कोरियामा आर्थिक आँधीको स्थिति सिर्जना गर्ने र उत्तर कोरियाली बजार अस्थिर बन्दै जनआक्रोश बढ्ने र अस्थिरताले व्यापकरुप लिने बताएका छन् ।

अहिलेको आर्थिक चुनौतीका कारण नेता किमलाई विगतका आर्थिक योजनाहरु असफल भएको स्वीकार गर्न बाध्य पारेको छ । जनवरीमा उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टीको कंग्रेसले नयाँ पाँच वर्षे आर्थिक विकास योजना जारी गरेको थियो । तर, बिहीबार किमले पार्टीको सेन्ट्र कमिटी बैठकमा उक्त योजना कसरी कार्यान्वय गर्ने भन्‍ने विषयमा चर्को निराशा बढेको टिप्पणी गरेका छन् । – अलजजिरा

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । हिन्दू धर्मशास्त्रको बारेमा धेरै कुरा हामीलाई थाहा छ । विज्ञानले पनि धर्मशास्त्रलाई मान्ने गरेको कुरा त हामीलाई अवगत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा आफ्नो पार्टी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता

काठमाडौं- तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् । १५ वर्षीया