
पाकिस्तानमा शक्तिशाली भूकम्प, भारतमा समेत धक्का
१ फाल्गुन २०७७, शनिबार ०८:३३
इस्लामावाद । पाकिस्तानमा शुक्रबार राति शक्तिशाली भूकम्प गएको छ । यसको धक्का पाकिस्तानका विभिन्न जिल्लाहरु खैबर पख्तुनख्वा र पञ्जाबसहित भारतीय क्षेत्रमा सहित महसुस गरिएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
पाकिस्तानमा राजधानी इस्लामावाद, लाहोर र पञ्जाबका विभिन्न सहरमा धक्क महसुस गरिएको जनाइएको छ । हालसम्म कुनै पनि मानवीय र भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन ।
जिओ न्युजका अनुसार ६.४ रेक्टरस्केलको भूकम्प गएको जनाइएको छ । पाकिस्तानको स्थानीय समय अनुसार १०:०२ बजे राति भूकम्प गएको हो ।
भूकम्प गएलगत्तै मानिसहरु घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का महसुस गरेकाहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु पोस्ट गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै