Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

बुटवल पुगेर लेखराजले भने – ओलीको साथ छोड्न आइतबार चाहिन्‍नँ

१ फाल्गुन २०७७, शनिबार १५:०७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्री केपी ओलीको साथ छोड्न कुनै आइतबार नचाहिने बताएका छन् । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा सामन्ती प्रवृति हाबी भएकोले साथ छोडेको र त्यो प्रवृति ओलीमा देखिए ओलीलाई छोड्न आइतबार नचाहिने बताएका हुन् ।

पूर्वजनमुक्ति सेना नेपालको केन्द्रीय संयोजन समितिको बुटवलमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले प्रचण्डलाई लालगद्दारको संज्ञा दिए । उनले प्रचण्डले सडकमा तमासा देखाइरहेकोसमेत बताए ।

वर्षौदेखि प्रचण्डकै पछिपछि लागेर मुलुकका लागि भन्दै युद्ध लडेको स्मरण गर्दै उनले भने,”युद्धका क्रममा कैयौँले ज्यान गुमाए । तर, यो युद्धको नेतृत्व गर्ने प्रचण्ड अहिले त्यो सबै बिर्सेर सुखसयल, पद र परिवारमा केन्द्रित भएको देख्नुपर्यो ।”

भट्टले पूर्वमाओवादीमा छलफल नै नगरी प्रचण्डले पदकै लोभमा पार्टी एकता गरेकोसमेत बताए । उनले थपे, “अहिले पद र शक्ति नपाएपछि पुनः विरोध सुरु गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपर्‍यो । यो प्रवृत्ति केपी ओलीमा देखिँदैन भन्‍ने विश्वास छ । यदि त्यस्तो भए उहाँको साथ छाड्न कुनै आइतबार चाहिन्‍नँ ।”

प्रचण्डले पूर्वजनमुक्ति सेना र उनीहरूका परिवारलाई धोका दिएकोसमेत भट्टले बताए । पछिल्लो समय ओली समूहले विस्तार गरेका संगठनहरुमा एकलौटी निर्णय गरेको भन्दै पूर्वमाओवादीबाट ओली समूहमा लागेका नेताहरु असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।