कोरोना खोपले प्रजनन्‌ क्षमतामा असर पार्ने कुरामा सत्यता छ ?


काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपले नपुंसकता गराउसक्ने, प्रजनन् क्षमतामा असर गर्नसक्ने भन्दै सामाजिक सञ्‍जालमा विभिन्‍न दाबी गरिएका छन् । तर, विज्ञहरुले भने कोरोना भाइरसविरुद्धको खोपले प्रजनन् क्षमतामा कुनै असर गर्ने कुरा पत्ता नलागेको बताएका छन् ।

सामाजिक सञ्‍जालमा फाइजर खोपले महिलाको प्रजनन् क्षमता असर गर्ने र महिलाको र पाठेघरमा आक्रमण गर्ने दाबी गरिएको छ । तर, सामाजिक सञ्‍जालहरुमा दाबी गरिएजस्तको कुनै असर गरेको नभेटिएको बताइएको छ ।

किङ्‌स कलेज लन्डनका प्रोफेसर तथा रोयल कलेज अफ अब्सटेट्रेसियन्स एन्ड गाइनोकोलोजिस्टका प्रवक्ता प्रोफेसर लुसी चापेलले भनिन्, “हामीले गरेको अध्ययन अनुसार प्रजनन् क्षमतामा कुनै असर गरेको पाइएको छैन ।”

खोपले कसरी काम गर्छ ?

खोपले शरीरमा कोरोना भाइरसको हानीरहित सानो विशिष्ट ‘स्पाइक’ अंशसहितको एउटा सन्देश शरीरमा पठाउँछ । यसलाई मानिसको शरीरमा एन्टिबडी र सेता रक्तकोषहरु उत्पादन गरेर प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउछ ।

यसले तपाईंको शरीरमा भाइरस रहन सक्दैन र तपाईंको आफ्नै आनुवंशिकतामा कुनै असर गर्दैन । शरीरमा पठाइएका सानो स्पाइकहरुको अवधि निकै कम हुन्छ र प्रतिरक्षा प्रणाली सक्रिय हुनेबित्तिकै कोरोना स्पाइकहरु मर्न थाल्छन् ।

त्यसकारण कोरोना भाइरसको खोपलाई निश्‍चित तापक्रममा राख्‍नुपर्ने भनिएको हो । त्यसमा पनि विशेष गरी फाइजर खोपलाई निकै सावधानीपूर्वक भण्डारण गर्नुपर्दछ ।

लीड्स विश्वविद्यालयको भाइरोलोजिस्ट प्रोफेसर निकोला स्टोनहाउसले यस्तो आनुवांशिकतामा असर गर्न सक्ने कुनै सम्भावना नभएको बताएकी छन् । – बीबीसी


Loading comments...