
ओलीले दिए चुनौती– समानुपातिकमा ५० लाख भोट ल्याउँछौँ, घटाएर देखाउनुस्
१ फाल्गुन २०७७, शनिबार १८:३६
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो समूहले बहुमत ल्याउने दाबी गरेका छन् ।
शनिबार बुटवलमा आयोजित सभामा बोल्दै उनले निर्वाचनबाट किन आत्तिएको ? भन्दै प्रचण्ड–नेपाल समूहलाई प्रश्न गरे । “म भन्न चाहन्छु उहाँहरुलाई, ५० लाख समानुपातिक मत ल्याउँछौँ । घटाएर देखाउनुस् न त्यो मत । प्रत्यक्षतर्फ बहुमत सिट लिएर आउँछौँ । त्यो घटाएर देखाए भो नि । किन आत्तिनु, तर्सिनुभएको चुनावबाट ?”, उनले भने ।
को लोकप्रिय भन्ने निर्वाचनबाट देखिने उनले उल्लेख गरे । उनले माघ २८ गतेको प्रचण्ड–नेपाल समूहको सभामा १४ जना वक्ता बोलाएर ‘गाली पुराण’ सुनाएको भन्दै कटाक्षसमेत गरे ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई