Lifestyle Portal
  •   १४ माघ २०७९, शनिबार

प्रचण्डले भने- डा. बाबुराम र म मुद्दाको मोर्चामा एकै ठाउँ छौँ

१ फाल्गुन २०७७, शनिबार २०:३७

लोकप्रिय

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू अहिले एउटै पार्टीमा नरहेपनि मुद्दाको हिसावले एउटै मोर्चामा रहेको बताएका छन् ।
डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको शनिबार काठमाडौँमा भएको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफू र बाबुराम भट्टराईबीचको सहकार्य र सम्बन्धको चर्चा गर्दै गुमनाम आमाहरुको कथाका पात्र, विश्लेषण र कथाले आफूलाई गम्भीर संश्लेषण गर्नुपर्नेतिर डोर्याएको महशुस भएको पनि बताए ।
‘बाबुराम जी र म अहिले एउटै पार्टीमा छैनौ, तर मुद्दाको मोर्चामा हामी एकै ठाउँ छौँ । हजारौ सहिद, वेपत्ता, मानवीय अनुभूतिले फेरि पनि एकै ठाउँमा आउन प्रेरित गर्छन्’, प्रचण्डको भनाइ छ ।

प्रचण्डले लामो समयको संघर्षबाट प्राप्त उपलव्धि खोस्ने प्रयास भएको भन्दै ऐतिहासिक जिम्मेवारी थपिएको बताए । उनले संविधान पुर्ण भएको भन्न नसक्ने भन्दै संविधानमा समावेसी,समानुपातिक, लोकतन्त्रको प्रत्याभुति गर्नु राम्रा पक्ष पनि रहेको बताए । ‘शिक्षा, स्वास्थ्य जस्ता कुराहरु मौलिक हकका रुपमा राखिएको छ’, प्रचण्डको भनाइ छ ।

संविधान संशोधन गर्न आफूले दुई पटक प्रस्ताव दर्ता गराएको भन्दै जनताले आफ्ना प्रतिनिधिमार्फत जारी गरेको संविधानको मुल मर्ममाथि अहिले प्रधानमन्त्री केपी ओलीले प्रहार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई