dhading

हिमाल, पानी अनि शब्द


पहाड अनि पानीका बिषयमा हजारौं भनाई अनि भावहरु हामीले सुनेका अनि पढेका छौं, हैन र ? तथापी एउटा लेखकका हिसाबले भन्नुपर्दा पानी र पहाडका गरिराई अनि वहावका उचाँईहरुमा केही त्यस्ता कुरा हुन्छन् जसले एउटा लेखकलाई थप लेख्न जाँगर र प्रोत्साह दिन्छन् ।

लेखक रस्कीन बोन्डले आफ्नो पुस्तक रेन एण्ड ल माउन्टेन्समा भन्दछन् कि बाहिर परिरहेको पानी सुन्दै शव्द कोर्न बिछट्टै रमाइलो हुन्छ किनभनें कि पानीका बारेमा र असरमा लेखिरहँदा पनि आफु पानीसंग नजिक भएर पनि घरभित्र ओभानै भइन्छ भनेंर ।
अब एउटा लेखक भएका कारणले प्रतिदिन पहाडका फेदमा बस्न पाउने अनि बाह्रैमास पानीको उत्साहमा भावहरु भिजाँउदै लेख्न पाउने सौभाग्य मलाई खासै छैन तरपनि हिँउदका यि दिनमा वर्षाका पानी सम्झँदै म केही पानी अनि केही पहाडलाई आव्हान गर्दै लेख्न चाहन्छु ।

एउटा सालको नयाँ वर्षमा धादिगं जिल्लाको उत्तरी भेग गणेश हिमाल छेउ पुगियाथ्यो, बहुतै गज्जब । उघोंतिर हिमाल अनि उँधोतिर खोला, बिहानै उठ्दा आफूमुनीको सेतो बादलको ताल झैं देखिने एउटा बाक्लो हावाको पर्दा । ति दृश्यले ममा भावना र शव्द संचार अनवरत गर्दै गए । केही त छ पहाड र पानीको नाता, हातले बादलका साना टुक्रा चलाएझैं म तिनमा पानीको मात्रा जाच्दै सोच्दैथिएँ ।
पहाडले मलाई चाहिएजति एक्लोपना दिए, म पहाडका कुनाकन्दरामा अनि रुखहरुका फेदमा आफ्ना जीवन र हराएका दर्शन पाँउन थालें । थरिथरिका रुख, साना रुख, बुट्यान रुख, ठूला रुख अनि मध्यम रुखमा म थिएँ अनि म मा रुखहरु थिए ।


पहाडहरुका फेद अनि कान्लामा बस्ने मान्छे अनि उनीहरुको रहनसहन मलाई बहुतै सौखिन लागदथ्यो । केही पर्यटकहरु आँफैले खानेकुरा बोकेर लिएर गएको पाँए, म भनें खानेकरा हैन बरु भावनाको भार बोक्न अनि डोको भरि शब्द लिन पहाड उक्लेको । पानीका खहरेको मुहान पत्ता लाउन म माथि लागेको । पर्यटनका दृष्टिले पनि आफूले दुई पैसा कम हुन्छ भनेंर सामान बोकेर लानु भन्दा त्यहीँको थोरै महँगो भएपनि किनेर प्रयोग गरेको राम्रो मानिन्छ । केही पैसोको लोभ गरेर के यात्रा गर्नु, म सोच्दै उक्लिएँ । मेरो दोस्ती पहाडहरुका थुम्का अनि झोलुङ्गे पुल मुनीका पानी संग थियो ।

उत्तरी धादिगंका रि, झार्लागं अनि लापा सम्म बास बस्दै पुगियो । बैशाख १ मा लापा उपत्यका पुग्दा घनघोर पानी र हिँउ पर्यो । म अचच्ममा थिँए, पहाड र पानीले मिलेर कस्तो स्वागत गरे मलाई भनेंर । पहाड उति नजिक हुँदै जान्छ जति तपाँई आफ्नो गोडाले त्यसलाई चढ्नुहुन्छ, जित्नुहुन्छ ।

गाडीको काम गोडाले गरिरहेका थिए अनि शरीरमा जति शक्ति कम हुँदै थकान बढ्दथ्यो उति नै दिमागले भाव, शव्द अनि साहित्य फुराँउदथ्यो । तामाङ्ग भाषामा हजुरआमालाई मम भनिन्छ अनि पानीलाई क्यू । गणेश हिमाललाई नजिकबाट नियाल्दै म ढिँडो, सिस्नो अनि कालो चियाँ संग गफिँदै उकालीदै गएँ । मैले सामजिक सञ्जाल र टिभीमा पर्दामा नपाएको खुशी र अभिव्यक्ति चिसा सिरेटोहरुमा पाँए, कति पर हुँदैछौं हामी प्रकृति संग म आँफैलाई प्रश्न गर्दै गएँ ।

जे होस् पहाडले नबोलेर पनि मलाई धेरै कुरा सिकाएको छ अनि पानीले घरको छाना मुनी नै भएपनि मलाई लाखौं चोटी भिजाएको छ । लेखन अनि प्रकृती यो बेजोड समबन्ध स्वरुप मेरा केहि तस्बीरहरु ।

dhido


Loading comments...