
श्रम स्वीकृति लिएरै नेपालमा काम गरिरहेका छन् १२९७ विदेशी कामदार
२ फाल्गुन २०७७, आईतवार २३:१८
काठमाडौं । नेपालमा एक हजार २ सय ९७ जना विदेशी नागरिकले श्रम स्वीकृति लिएरै काम गरिरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आवको पुस मसान्त अवधीमा ५ सय ४ जना विदेशी नागरिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै ७ सय ९३ जनाले भने पुरानै श्रम स्वीकृतिलाई नविकरण गराएका छन् ।
नेपालस्थित विदेशी नियोग, दातृ संस्था र ठूला विकास परियोजनाहरुमा विदेशी कामदारहरु रहने गरेका छन् । विदेशी निर्माण व्यवसायी तथा परामर्श दाताहरुका रुपमा श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन् ।
भारत बाहेकका सबै मुलुकका नागरिकहरुले नेपालमा काम गर्नका लागि भिसा लगाएर श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपाली राजनीतिको पछिल्लो इतिहास हेर्ने हो भने यो २०४६ सालदेखि अति नै अस्थिर रहँदै आएको देखिन्छ। अहिले नेपालको राजनीति अति
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आजबाट खुला गरेको छ । कम्पनीले सुरुमा फागुन
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
उदयपुर, फागुन १५ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै