आन सान सू चीको हिरासत अवधि लम्बिनसक्ने


नपिद्व: म्यानमारकी नेत्री आन सान सू चीमाथि फेरि नयाँ अभियोग लगाइएको छ । यससँगै सू चीको हिरासतको अवधि अझै लम्बिनसक्ने आंकलन गरिएको छ ।

म्यानमारका कानूनविदहरुले उनलाई अनिश्चितकालका लागि हिरासतमा राखिनसक्ने खतरा बढेको औंल्याएका छन् ।

म्यानमारका स्थानीय मिडियाका अनुसार उनीमाथि प्राकृतिक विपद् व्यवस्थापन ऐनको धारा २५ उल्लंघन गरेको आरोप लगाइएको हो। जसअनुसार उनलाई ३ वर्षसम्म हिरासतमा राख्नसक्ने प्रावधान छ ।

गत नोभेम्बरको चुनावमा सू चीको पार्टी विजयी भए पनि सेनाले धाँधली गरेको भन्दै प्रमाण विना नै सत्ता अपधस्थ गरेको हो । लामो समयदेखि म्यानमारमा स्वतन्त्रताको आन्दोलनमा सक्रिय सू चीमाथि ‘विदेशी’ नागरिकको आरोप लाग्ने गरेको छ ।

२०११ अघि पनि म्यानमारमा सेनाले शासन गरिरहँदा सू ची हिरासतमै थिइन् । पछिल्लो समय फेरि सेनाले निर्वाचनमा धाँधली भएको भन्दै सैन्य कू गरेको छ । यस क्रममा सू ची सहित थुप्रै राजनीतिज्ञहरुलाई हिरासतमा राखेको छ ।

यद्यपि म्यानमारमा सेनाको विरोध गर्दै हजारौँको विशाल प्रदर्शन निस्किएको छ ।


Loading comments...