
प्रजातन्त्र भनेको निर्वाचनमात्रै होइन : ज्ञानेन्द्र शाह
६ फाल्गुन २०७७, बिहीबार १८:५५
काठमाडौं । ७१ औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।
उनले शुभकामना सन्देशमा प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेष नेताहरुको शासन प्रणालीमात्रै नभएको बताएका छन् ।
बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “प्रजातन्त्र आधुनिक शासन पद्धितको सर्वोत्तम व्यवस्था हो । विश्वमान्य प्रजातन्त्रको सिद्धान्तअनुरूप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस भन्ने हामी सबैको आकांक्षा हो । प्रजातन्त्र प्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ । प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिँदैन ।
उनले नेपाल जनता र राजाको सहमति खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थ अवज्ञा भएको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा