
ताजा जनादेश उपयुक्त : कमल थापा
८ फाल्गुन २०७७, शनिबार २०:२२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन् ।
आज झापाको गौरीगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार व्यक्त गरे ।
अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रूपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने दाबी गरे । सबै धर्मको सम्मान हुने गरी सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृति, परम्परा र मौलिकताको जगेर्ना हुने उनको धारणा थियो ।
१४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै उनले विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनीतिले काम गरेको जिकिर गरे । कम्युनिस्ट पार्टीभित्रको द्वन्द्व देश हित र निर्माणको लागि नभई कुर्सी, शक्ति र भागबन्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो ।
कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई कांग्रेस र कम्युनिस्टको विकल्पको रूपमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत