साईबर सेना गठन गर्ने नेकपा ओली समुहको युवा संघको घोषणा (भिडियो सहित)


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहनिकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘साइबर सेना’ बनेर काम गर्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष वचनबहादुर सिंहले गएको माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको बताएका हुन् । समाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने उनले प्रष्ट पारे ।

आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिस्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने उनको भनाइ छ ।


यस्तै, अध्यक्ष सिंहले आउँदो चैत मसान्तभित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरु र वडाहरुमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णयसमेत गरेको जानकारी दिए । प्रधानमन्त्री ओलीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षालाई पूरा गर्न र पार्टीलाई सहयोग गर्न ‘बर्दीबिनाको सेना’को रुपमा पाँच लाख सदस्यता वितरण गर्ने उनले बताए ।

प्रचण्ड–नेपाल समूहको सत्तामोहका कारण जनतामा निराशा छाइरहेको अवस्थामा प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले जनतालाई निरुत्साहित हुन नदिने उनको भनाइ छ । आगामी वैशाख १७ र २७ गतेको घोषित मध्यावधि निर्वाचनमा युवा संघ केन्द्रित हुने पनि उनले बताए ।


Loading comments...