Lifestyle Portal
  •   २९ श्रावण २०७९, आईतवार
nepali congress logo

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको पहिलो बैठक, यस्ता छन् निर्णयहरु

८ फाल्गुन २०७७, शनिबार २२:५७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी विवरण बुझाउन बाँकी रहेका जिल्लाहरुलाई क्रियाशील सदस्यताको सम्पूर्ण विवरणसहितका कागजात र नामावलीको सूची केन्द्रमा पठाउनका लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्व गठित समितिको शनिबार बसेको बेठकले क्रियाशील सदस्यतासम्बन्धी विवरण बुझाउन बाँकी रहेका जिल्लाहरुलाई क्रियाशील सदस्यताको सम्पूर्ण विवरणसहितका कागजात र नामावलीको सूची केन्द्रमा पठाउनका लिखित पत्राचार गर्ने निर्णय गरेको हो ।

“क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी) र गाउँपालिका-नगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपीसमेत क्रियाशील सदस्यता सम्बन्धी सम्पूर्ण विवरण केन्द्रमा बुझाउन बाँकी रहेका सबै जिल्ला कार्यसमितिहरु र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिहरुलाई केन्द्रीय कार्यसमितिको फाल्गुण ०६, २०७७ को बैठकको निर्णय अनुसार, तोकिएको मितिभित्र नै सम्पूर्ण कार्य तोकिएको प्रक्रिया पुर्‍याई सम्पन्न गर्न र क्रियाशील सदस्यताको सम्पूर्ण विवरण सहितका कागजात र नामावलीको सूची केन्द्रमा पठाउनका लागि समितिको तर्फबाट लिखित पत्राचार र प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्ने,” बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले जिल्ला सभापति, क्षेत्रीय सभापति र मातहत तहको सभापतिसँग सम्पर्क गरि क्रियाशील सदस्यता वितरण र नवीकरणका सम्बन्धमा जिल्लाहरुमा हालसम्म भइरहेको कार्य प्रगतिको पछिल्लो अवस्थाको जानकारी लिन र तोकिएको मितिभित्र तोकिए बमोजिमका सम्पूर्ण कार्य अनिवार्य सम्पन्न गर्नका लागि ध्यानाकर्षण गराउन समितिका सदस्यहरुलाई जिम्मेवारी पनि दिएको छ ।

बैठकले समिति सदस्य आनन्दप्रसाद ढुंगाना र जीवन परियारलाई प्रदेश नं. १ र २ को, श्यामकुमार घिमिरे र प्रदीप पौडेललाई वाग्मती प्रदेश र गण्डकी प्रदेशको तथा कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीलाई लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको कांग्रेसका सचिव केशव रिजालले जानकारी दिए ।

बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिवहरु डा. प्रदिप पराजुलीलाई प्राविधिकतर्फ र केशव रिजाललाई प्रशासन र निर्णय प्रक्रियातर्फ सचिवमा नियुक्त गरेको छ ।

कांग्रेसको १३ औं महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरि समितिका सचिव रिजालले समितिको आगामी बैठकमा मस्यौदा प्रस्तुत गर्ने पनि जिम्मेवारी बैठकले दिएको छ । समितिको अर्को बैठक फागुन ११ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा