स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘हल अफ फेम’को दुई विशेष श्रृंखला


नेपालकै पहिलो भर्चूअल रियालीटी गायन शो हल अफ फेमको नयाँ श्रृंखलाहरु यूट्यूबमा सार्वजनिक भएका छन् । ११ औं र १२ औं श्रृंखलामा शिर्ष ९ ले आआफ्नो प्रस्तुति दिनुका साथै आ-आफ्नो सुःख दुःखको कथा पनि बयान गरेका छन् ।

स्वरसम्राट नारायण गोपालको स्मरण गर्दै ११औं श्रृंखलामा नारायण गोपालको न्यारेटिङ वायो अनि निर्णयकहरुसँग नारायण गोपाललाई वहाँहरुले सम्झने कारणका बारेमा सोधिएको थियो ।

हलअफ फेमका निर्णायक तथा सर्वप्रिय गायक दिप श्रेष्ठले आफू काठमाण्डौ आएपछि नै नारायण गोपाललाई भेटेको स्मरण गर्नुभएको छ । आफूलाई नारायण दाईले स्टुडियोमा गाउँदै गरेको देखेर आफ्नो साथीलाई “को हो यो केटो, राम्रो गाउने रछ?” भनेको निर्णायक दिप श्रेष्ठले कार्यक्रम हल अफ फेममा सम्झिनुभयो ।

एउटा मान्छेको मायाले कति फरक पर्दछ वोलको गीतको स्मरण गर्दै निर्णायक रजिना रिमालले नारायण गोपाल प्रति साधूवाद अभिव्यक्त गर्नुभयो भने नेपाली पप तथा सुगम सङ्गीतका कर्णप्रिय सङ्गीतकर्मी तथा हल अफ फेमका अर्का निर्णायक बिवेक श्रेष्ठले स्वरसम्राटको साङ्गीतिक कृतिहरुलाई “स्वर, शव्द र सङ्गीत समिश्रणको अनुपम उदाहरण”को रुपमा बयान गर्नुभएको थियो । “वहाँका सबै गीतहरु सङ्गीतको पाठशालाु भएको बिवेक श्रेष्ठले बताउनुभयो ।

११औं तथा १२ औं श्रृंखलामा सबै प्रतिस्पर्धिहरुले नारायण गोपालका गीतहरुको प्रस्तुति दिएका छन् । भर्खरै सकिएको प्रेम दिवसको आत्मियतालाई नारायण गोपालको गीतहरुले कार्यक्रम हल अफ फेमको ताजा श्रृंखलाले एउटा अद्भूत साङ्गीतक अनुभूती पश्किएको छ ।

११ औं श्रृंखला हेर्नुहोस्ः

१२ औं श्रृंखला हेर्नुहोस्ः


Loading comments...