सरकारले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाण्डौँ आइपुग्यो (भिडियो सहित)


नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग खरिद गरेको कोरोनोभाइरसको असरविरुद्ध प्रयोग हुने कोभिशील्ड खोपको १० लाख डोज आइतवार अपराह्ण एयर इन्डिया दिल्लीको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । यो ‘भाइरल भेक्टर’ खोपको प्रकार हो।

यस अघि भारत सरकारको अनुदान सहयोगमा १० लाख डोज खोप आइसकेको थियो । त्यस खोपलाई नेपाल सरकारले कोरोना संक्रमणकालभर अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मी, सेना, प्रहरी, सशस्त्र प्रहरी, सरसफाईकर्मी, संचारकर्मीहरुलाई प्राथमिकतामा राखी पहिलो तथा दोश्रो चरणको टिकाकरण कार्यक्रम गरिरहेको छ ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आएको हो । खोपको दोस्रो खेप यही फागुन २३, २०७७ अगावै आइसक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत फागुन ५ गते नेपालले सीरम इन्स्टिट्यूटसँग २० लाख मात्रा खोप खरिद गर्ने सम्झौता गरेकोमा त्यसको पहिलो खेप नेपाल आएको हो ।

उक्त खोप अक्सफर्ड यूनिभर्सिटी र औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन् । अहिले सीरम इन्स्टिट्यूटले भारतमा उक्त खोप व्यावसायिक रूपमा उत्पादन गरिरहेको छ ।

भारतबाट आएको खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारणको व्यवस्था गरिएको छ । फाल्गुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत् जिल्लास्थित स्वास्थ्य कार्यालयहरूबाट देशभरि रहेका खोपकेन्द्रहरूमा वितरण गरिने जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

मन्त्रालयले विज्ञप्तिमा बाँकी खोप सम्झौताबमोजिम “उत्पादकसँगको आपसी सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त हुनेछ” भनेको भए पनि मिति उल्लेख गरेको छैन ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाहेक चीनबाट पनि खोप ल्याउन लागिएको जानकारी दिनुभएको थियो ।

कोभिशील्ड खोपले कसरी काम गर्छ?
अक्सफर्ड-आस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सीरम इन्स्टिट्यूट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो खोप उत्पादक हो।

आफूले प्रत्येक महिना कोभिशील्ड खोपको पाँच करोडभन्दा बढी मात्रा उत्पादन गरिरहेको उक्त कम्पनीको दाबी छ।

अर्थात् यसमा आनुवंशिक स्वरूप परिवर्तन गरिएको भाइरसलाई वाहकका रूपमा प्रयोग गरिएको हुन्छ।

चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकी गराउने एडिनोभाइरसलाई निस्तेज पारेर यो खोप बनाइन्छ। रोग लगाउन सामर्थ्य नभए पनि त्यसलाई कोरोनाभाइरसजस्तै देखिने बनाइएको हुन्छ।

वाहकका रूपमा प्रयोग गरिएको एडिनोभाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको छ तर त्यसले सङ्क्रमण गर्दैन।

उक्त खोप दिइएपछि मानिसको रोग प्रतिरोध प्रणाली सक्रिय हुन्छ जसबाट शरीरमा एन्टिबडीहरू बन्छन्। शरीरभित्र प्रवेश गर्ने कोरोनाभाइरससँग लड्ने काम एन्टिबडीको हो।

दुई मात्रामा लगाउनुपर्ने यो खोपलाई ४ देखि १२ साताको अन्तरमा दिइन्छ।


Loading comments...