
बाबुरामले ‘भष्मासुरको वध’सँग तुलना गर्दै भने- मेरो त रोगै निको भए झैं भो
११ फाल्गुन २०७७, मंगलवार २२:४८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् ।
उपचारका क्रममा भारतमा रहेका भट्टराईले अदालतको निर्णयले हिन्दु मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं रहेको प्रतिक्रिया दिएका हुन् ।
सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भएको उनको भनाइ छ ।
उनले भने, “कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खंदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । फैसला सुन्दा रोग निको भए झैं भयो ।”
कस्तो सुखद संयोग!अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो! pic.twitter.com/1cYnCCxJRY
— Baburam Bhattarai (@brb1954) February 23, 2021
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।