
‘सर्वोच्चको फैसला विवादास्पद छ, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुने छैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वाेच्च अदालतकाे फैसला विवादास्पद रहेकाे जिकिर गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अदालतकाे फैसलाले राजनीतिक समस्याहरूकाे कुनै हल हुने पनि बताएका छन् । उनले फैसला कार्यान्वयन गर्ने र प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका छन् ।
“सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूकाे कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताकाे खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,” उनले भनेका छन्।