गोकुल बाँस्कोटाको ट्वीट- गोलचक्कर जारी रहन्छ, के को दिपावली, के को रुवाबासी ?


काठमाडौं । पूर्वसञ्चारमन्त्री एवं नेकपा ओली समूहका नेता गोकुल बाँस्कोटाले संसद् पुनर्स्थापना भए पनि राजनीतिक गोलचक्कर जारी रहने बताएका छन् ।

संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको सन्दर्भमा उनले राजनीति आ-आफ्नै तालसुरमा चलिरहने बताएका हुन् ।
ट्विटरमा उनले लेखेका छन्, ‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन । त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ नि । राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ । के को दिपावली, के को रुवाबासी रु बाँकी हेर्दै जाने हो ।’


Loading comments...