प्रचण्डले भने : राष्ट्रपतिलाई हटाउँदैनौँ, ओलीसँग सहकार्य गर्दैनौँ


काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नहटाउने बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले राष्ट्रपति भण्डारीलाई हटाउने विषयमा नसोचिएको खुलाएका हुन् ।

‘राष्ट्रपतिलाई ‘ब्ल्याकमेलिङ’ गर्ने काम केपी ओलीले गर्नुभएको हो । हामीले उहाँलाई हटाउनेतर्फ सोचेका छैनौँ,’ प्रचण्डले भने ।

उनले प्रधानमन्त्री ओलीसँग पार्टी एकता नहुने कुरा पनि प्रस्ट पारेका छन् । ‘प्रधानमन्त्रीले विघटनकारी काम गर्दै  घात गरेका हुनाले उहाँसँगको सहकार्य अब सम्भव छैन,’ प्रचण्डले भने ।

सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको प्रतिक्रिया उनले दिएका छन् । अब राष्ट्रिय सहमतिमार्फत प्रधानमन्त्रीको उम्मेदवार बनाउनेतर्फ राजनीति केन्द्रित हुने संकेत उनको छ ।

‘प्रधानमन्त्री मेरो प्राथामिकतामा छैन । हाम्रो आन्दोलन प्रधानमन्त्रीका निम्ति थिएन । राष्ट्रिय सहमतिमार्फत प्रधानमन्त्रीको उम्मेदवार छनोट गर्नेमा लाग्नेछौँ,’ प्रचण्डले बताए ।


ओलीलाई प्रचण्डले भने- नैतिकता भए राजीनामा दिनुस्


Loading comments...