
तानाशाह बन्ने ओलीको प्रयास विफल भयोः रविन्द्र मिश्र
११ फाल्गुन २०७७, मंगलवार २३:२२
काठमाडौँ– विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले तानाशाह बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको बताएका छन्।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मिश्रले लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने प्रधानमन्त्री ओलीको प्रयास विफल भएको बताएका हुन्।
नेपाली राजनीतिमा ओली प्रवृति अझै समाप्त नभएको उनको भनाइ छ। ओलीको विकल्प देउवा र प्रचण्ड नहुने पनि उनको टिप्पणी छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ। लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ। तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।’
जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ। लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ। तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।
— Rabindra Mishra (@RabindraMishra) February 23, 2021
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ