
संसद पुनर्स्थापना भएपछि उपप्रधानमन्त्री पोखरेलले लेखे यस्तो कविता
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वाेच्च अदालतले बदर गरिदिएको छ । सर्वाेच्च अदालतको यो निर्णयसँगै राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ ।
प्रतिनिधिसभा विघटनको कदम बदर भएपछि उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले मध्यरातमा ‘यात्रा’ शीर्षकको कविता फेसबुकमा पोस्ट गरेका छन् ।
यस्तो छ उनको कविता :
यात्रा
——
लड्दै उठ्दै / लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा
पढ्दै/ सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाईंमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन –
कमजोरीलाई पराजित गर्दै
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू –
चिरन्जिवी बनिछाड्छन् मानिसहरू !!