Lifestyle Portal
  •   ९ बैशाख २०७८, बिहीबार

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनकाे सफलताकाे रहस्य

१३ फाल्गुन २०७७, बिहीबार ०६:०२

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एकपटक एउटा कलेजका विद्यार्थीसितको अन्तर्संवादमा थिए । उनी विद्यार्थीका प्रश्नको जवाफ दिँदै थिए । त्यत्तिकैमा एक विद्यार्थीले सोधे– हजुरलाई सबैले महान् वैज्ञानिक भन्छन् । पक्कै पनि हजुर सजिलै महान् वैज्ञानिक बन्न सफल हुनुभएको होइन होला । त्यसो हो भने हजुरको सफलताको रहस्य के हो ? के हामीलाई बताउन मिल्छ ?

विद्यार्थीको प्रश्न सुनेर आइन्स्टाइन केहीबेर मौन रहे, केही गमे र हल्का मुस्कुराउँदै जवाफ दिए– म तपाईंहरूका प्रश्नको जवाफ दिनै यहाँ उपस्थित भएको हुँ । त्यसैले, म सकेसम्म तपाईंहरूका प्रश्नको यथोचित जवाफ दिने प्रयत्न गर्छु । म सफल छु कि छैनँ, त्यो तपाईंहरूले मूल्यांकन गर्ने विषय हो । तपाईंहरू मलाई सफल देख्नुहुन्छ भने मेरो यो सफलताको रहस्य हो– अविचलित हिम्मत ।

जीवनमा हिम्मत नहारी आफ्नो लक्ष्यमा लागिपरेको हुनाले नै आज म यहाँ छु । जतिखेर म सानो थिएँ, त्यतिवेला मेरा स्कुले साथीले मलाई बुद्धु भनेर गिज्याउँथे । शिक्षकले गरेको प्रश्नको जवाफ दिन नसक्दा मलाई उनीहरू गोबरगणेश भन्थे । शिक्षकका प्रश्नको जवाफ दिन नसक्दा म बारम्बार बेन्चमाथि उभिन बाध्य हुन्थेँ । सबैले मेरो उपहास गर्थे । गणितका शिक्षकले मलाई पटक–पटक भनेका थिए— तिमीले यो जुनीमा गणित सिक्न सक्दैनौ । त्यतिखेर म मनमनै खुब रुन्थेँ । आफूलाई बुद्धु बनाएकोमा भगवान्सित खुब रिसाउँथेँ । मैले चारैतिर निराशासिवाय केही देख्दिनथेँ । तर, ममा एकप्रकारको अनौठो भोक थियो । त्यो भोक शान्त पार्न म कहिल्यै हिम्मत नहारीकन निरन्तर कर्ममा जुटिरहेँ । परिणाम तपाईंहरूसामु छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

जर्मनी। जर्मनीमा कोरोना भाइरस संक्रमणले डरलाग्दो रुप लिएपछि बुधबार संसदले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य नियम पारित गरेको छ। करिब दुइ

काठमाडौं। चीनमा एक २८ वर्षीय युवक भाइरल भइरहेका छन्। वास्तवमा झङ कुनवेइ नामका यी व्यक्तिले एउटा लेख लेखेका छन् जसमा

एजेन्सी । अमेरिकी अंतरिक्ष एजेन्सि नासाले मंगल ग्रहमा एउटा सानाे हेलिकाेप्टरकाे सफल उड़ान गरेकाे छ । इनजेनिटी नामकाे उक्त ड्रोन

दार्चुलाको महाकाली नदीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खालको दुवै देशका नापी अधिकृतले स्थलगत अध्ययन गरेका छन् । प्रतिनिधि सभाको बैठकमा