प्रदीप ज्ञवाली भन्छन्- प्रधानमन्त्रीले संसद् विघटन गर्नू रहर थिएन, प्रचण्डका कारण यस्तो भयो


काठमाडौं- केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले प्रचण्ड-नेपालका अध्यक्ष्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण पार्टी अहिलेको अवस्थामा पुगेको बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका ज्ञवालीले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नु कुनै रहरको विषय नभएको बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डको अस्थिरता पार्टीमा सङ्कट उत्पन्न गराउने कारक भएको टिप्पणी गरे ।

‘पार्टीभित्र केही असन्तुष्टि थिए । यसलाई मिलाउनुको साटो हाम्रो पार्टीको कार्यकारी अध्यक्षसमेत रहनुभएका प्रचण्डजीले १९ पृष्ठको प्रतिवेदन पेश गरेर पार्टी विवादको विषयलाई झन् माथि ल्याउनुभयो,’ प्रवक्ता ज्ञवालीले भने ।

अब पार्टी एकताको प्रयास कस्तो रहन्छ भन्ने हाम्रो प्रश्नमा नेता ज्ञवालीले भने, ‘हामीले भनिरहेकै छौं, प्रचण्डजीहरूसहित हामी मिलेरै जानुपर्छ । हामी पहिल्यैदेखि मिल्ने पक्षमै छौं ।’


Loading comments...