प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, यस्ता छन् एजेन्डाहरु


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
संसद पुनःस्थापनापछि प्रधानमन्त्री ओलीले विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । आजको बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।


Loading comments...