
एक दशकमा रोजगारीको लागि कतार गएका १ हजार ६ बढी नेपालीहरुले ज्यान गुमाए
१४ फाल्गुन २०७७, शुक्रबार १६:००
, काठमाडौँ । नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार ६ सय ४१ नेपालीहरुले ज्यान गुमाएका छन् । बैदेशिक रोजगारीकोलागि गएका श्रमिकहरुको विभिन्न कारणले एक दशकमा १ हजार ६ सय ४१ नेपालीको मृत्यु भएको हो ।
कतारमा विश्वकप फुटवल प्रतियोगितालागि रंगशाला निर्माणको काम भएयता ज्यान गुमाउने आप्रवासी श्रमिकको संख्या बढेको छ । सन् २०११ द्येखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकले कतारमा ज्यान गुमाएको बेलायती सञ्चार माध्यम गार्जियनले जनाएको छ ।
गार्जियनका अनुसार हरेक हप्ता कतारमा १२ जना आप्रवासी श्रमिकको मृत्यु भएको देखिएको छ । ज्यान गुमाउने आप्रवासी श्रमिकहरु मध्ये सबैभन्दा बढी भारतका रहेका छन् । एक दशकमा २ हजार ७ सय ११ भारतीय नागरिकको कतारमा मृत्यु भएको उक्त संचारमाध्यमले उल्लेख गरेको छ ।
ज्यान गुमाउने मध्ये४८ प्रतिशत नेपालीको प्राकृतिक मृत्यु भएको,१६ प्रतिशतको सडकमा दुर्घटनामा परेर, १० प्रतिशतको कार्यथलोमा भएको दुर्घटनामा परेर मृत्यु भएको देखिएको छ । मृत्यु भएका मध्ये ७ प्रतिशतको कारण पत्ता लागेको छैन ।
पछिल्लो एक दशकमा कतारमा विश्वकप फुटवल प्रतियोगिता लक्षित गर्दै रंगशालाहरु, सडक, सार्वजनिक यातायातको निर्माणमा तिब्रता दिएको छ । सन् २००८ देखि २०१९ बीचमा विभिन्न मुलुकहरुमा ७ हजार ४ सय ६७ नेपालीले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।
बैदेशिक रोजगार विभागका अनुसार धेरै नेपालीको मृत्यु मलेशियामा भएको देखिएको छ भनें दोश्रोमा कतारमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई