
‘ट्विटर’ बोरिङ भएको भन्दै आफ्नै साइट सुरु गर्ने ट्रम्पको तयारी
१५ फाल्गुन २०७७, शनिबार १५:०७
वासिंटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना आफूलाई निकालिदिएदेखि ट्विटर अत्यन्तै ‘बोरिङ’ भएको र यसले लाखौँ प्रयोगकर्ता गुमाइसकेको बताएका छन् । अमेरिकी संसद्मा भएको हमलालाई प्रोत्साहन गरी हिंसा भड्काएकामा उनको अकाउन्टमाथि ट्विटरलगायत सामाजिक सन्जाल प्लेटफर्महरूले प्रतिबन्ध लगाएका छन् ।
यस्तोमा फ्लोरिडास्थित आफ्नो घरबाट ‘न्युजम्याक्स’ का सञ्चालक ग्रेक केलीसँगको फोन वार्तामा उनले आफ्ना करोडौँ फलोअर गुमाएकामा गुनासो गर्दै २०२४ को राष्ट्रपति चुनाव अभियानमा फेरि लड्ने संकेत दिएका हुन् । उनले भनेका छन्, “त्यसमा मेरा फलोअर ८ करोड ९० लाखमाथि थिए त्यो अझै धेरै हुन्थ्यो तर उनीहरूले त्यसलाई नियन्त्रण गरे । यसबाहेक राष्ट्रपतिको अकाउन्टमा पनि झन्डै चार करोड फलोअर थिए र अन्य साइटहरूमा पनि हामीलाई लाखौँ करोडौँ मानिसहरूले फलो गरेका थिए । वास्तवमा सामाजिक सन्जालहरूलाई यही चाहिन्छ तर उनीहरूको समस्या, यत्तिको लोकप्रियता सम्हाल्न नसक्नु हो । किनकि त्यो भनेको धेरै ठूलो मान्छेको संख्या थियो । यो उनीहरूभन्दा धेरै गुणा ठूलो हो ।”
त्यसपछि उनले ट्विटर आफूलाई मन नपर्नेबारे बताए र बिनाप्रमाण यसले प्रयोगकर्ताहरूलाई ठूलो स्तरमा हानि पुर्याउने गरेको दाबी गरेका हुन् । उनले भने, “यो अब पहिलेजस्तो छैन । उदाहरणका लागि ट्विटरलाई नै हेर्ने हो भने यो अत्यन्तै बोरिङ भइसकेको छ र लाखौँ मानिसले यसलाई चलाउन छाडिसकेको पनि म बुझ्छु ।”
त्यसैगरी सामाजिक सन्जालमा आफ्नो ब्रान्ड पुनः लन्च गर्ने योजनासम्बन्धी उनले आफ्नो छुट्टै प्लेटफर्म सुरु गर्न सक्ने बताएका हुन् । उनले यस्तो भनेका छन्, “अब हेरौँ के हुन्छ । हामी धेरै मान्छेसँग छलफल गरिरहेका छौँ र यसमा आफ्नै सन्जाल बनाउने विकल्प पनि छ । हामीले सजिलैसँग आफ्नो साइट निर्माण गर्न सक्छौँ । ट्विटरले हामीसँग एकदमै दुर्व्यवहार गरेको थियो । हाम्रा पोस्टमा चिह्न लगाइदिनेदेखि डिलिट गरिदिने सबै गरिन्थ्यो । जे भने पनि अनुचित भनेर चिह्न लगाइदिन्थ्यो । त्यो अत्यन्तै अपमानजनजक कुरा थियो ।”
उनले थप भने, “अन्य मुलुकहरूमा कस्ताकस्ता नराम्रा घटना हुँदा पनि त्यसबारे कसैले केही बोल्दैन । यसकारण पनि हामी ट्विटरमा फर्कन चाहदैनौँ ।”
-इन्डिपेन्डेन्ट डट को डट यूके
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा