
भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्ने प्रचण्डको अभिव्यक्ति खेदजनक : शान्ता चौधरी
१५ फाल्गुन २०७७, शनिबार १८:१८
काठमाडौं । नेकपाको ओली समूहकी नेतृ शान्ता चौधरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय पक्षपोषण गर्नु खेदजनक भएको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् चौधरीले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ती जनाएकी हुन् ।
आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु र अहिले भारत सुहाउँदो सरकार बनाउनु पर्छ भन्ने कुरा आउनु खेद जनक भएको उनले टिप्पणी गरेकी छिन् । शुक्रवार प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता समीकरण गर्दा भारत र चीन दुवैका लागि फाइदाजनक हुने बताएका थिए ।
“सत्य आफ्नै मुखबाट उजागर हुन्छ भन्थे हो रहेछ । भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो। नेपाली जनता ठूलो त्याग गरेर देशमा स्वाभिमान, समृद्धि र स्थिरता कायम हुन्छ भन्ने हेतुले ठूलो राजनीतिक परिवर्तनको बाहक बनेका थिए। त्यही उद्देश्य कार्यान्वयन होस् भनेर नेकपालाइ झन्डै दुई तिहाइ मत दिएर जिताएका हुन्। विदेशी इसारामा नेपाली जनताको यो भावनाको अपमान हुने गरी विगत एक वर्ष देखिका अनेक हर्कत भएका रहेछन भन्ने अब प्रस्ट भयो,” चौधरीले लेखेकी छिन्, “देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहिमा रहेको भ्रम चिरिदिनु भयो। अस्ति आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु अनि अहिले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्ने कुरा आउनु खेदजनक छन् । राष्ट्रप्रेमि नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले
काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको
नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता
काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक