Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

दुई मिस्टर’ देश बर्बाद पार्न लागेका छन् : ओली

१६ फाल्गुन २०७७, आईतवार १९:३२


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट आफुविरुद्धको अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिएका छन् । कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासमा उनले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै प्रचण्ड–माधव समूहलाई त्यस्तो चुनौती दिएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताए ।

यस्तै उनले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् । उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरे ।

प्रधानमन्त्रीेले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताए। हाल मासिक रु तीन हजार रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने उनले घोषणा गरे ।

नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्ल्ेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताए । औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र जनतालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले एक दिनमा देशभरि पाँच पुल बनेको जिकिर गरे । उनले भने, “अब देशमा पुलपुलेसाको समस्या कतैपनि भोग्नुपर्ने अवस्था आउने छैन ।” उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यो साता देशभरि औद्योगिक पार्क स्थापना गरी देशलाई औद्योगिक युगतर्फ प्रवेश गराएको विचार राखे।

उनले नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल दुई दुई पटक प्रधानमन्त्री हँुदा विकास र राष्ट्रियताको विषय कमजोर भएको तर वर्तमान नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार लोकप्रिय भएकाले त्यसविरुद्ध लाग्नु देश र पार्टीको हितकर नभएको बताए । उनले पार्टी छाडेर जाने समूहलाई आत्मालोचित भएर घर फर्किन आए एकता अझै सम्भव भएको स्पष्ट पारे ।

कमल– ७, गौरादह– ५ र दमक –१० को सङ्गमस्थलमा २१ सय बिघा जग्गामा औद्योगिक पार्क निर्माण हुन लागेको हो जसमा चीन सरकारको रु ६५ अर्ब लगानी हुने भएको छ । पार्कमा पहिलो चरणमा २६ विदेशी कारखाना स्थापना हुने र त्यसबाट उत्पादित वस्तु विदेशमा निर्यात हुने पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो