Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

प्रधानमन्त्रीले गरे आफ्नै निर्वाचन क्षेत्रमा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्कको शिल्यान्यास

१६ फाल्गुन २०७७, आईतवार १९:३९


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा नेपालको हालसम्मकै ठूलो औद्योगिक पार्कको शिलान्यास गरेका छन्। उनले आइतबार दमकमा ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’ को शिलान्यास गरेका हुन्।

औद्योगिक क्षेत्रको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र नेपाल र चीनको नयाँ मित्रताको प्रतिकको रुपमा समेत रहेको बताए।

२१ सय विघा जमिनमा बन्न लागेको औद्योगिक पार्कको लागत ६३ अर्ब लाग्ने छ। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आधुनिक उद्योग सञ्चालन हुने र लाखौँ रोजगारी सिर्जना हुने दावी गरे।

चार चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त औद्योगिक क्षेत्रको पहिलो चरणमा २ अर्ब लगानी हुने छ। जसमा लगभग ४५ हजार मानिसहरुले रोजगारी प्राप्त गर्ने बताइएको छ। उक्त पार्क ‘पीपीपी’ मोडलमा निर्माण गर्नेबारे नेपाल–चीनबीच सम्झौता भइसकेको छ।

सरकारले एक सातामा पाँचवटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो। उक्त कार्यक्रमअनुसार प्रधानमन्त्रीले फागुन १० गते कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र उद्घाटन गरेका थिए। यस्तै फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र र फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र फागुन १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्रको प्रधान्त्रीले शिलान्यास गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले