
कस्तो छ कांग्रेस नेता नविन्द्रराज जोशीको पछिल्लो स्वास्थ्य अवस्था ?
१६ फाल्गुन २०७७, आईतवार १९:४२
काठमाडौं । मस्तिष्कघातपछि शल्यक्रिया गरिएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा शनिबारको तुलनामा आइतबार थप सुधार भएको देखिएको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार जोखिम भने अझै हटिसकेको छैन ।
नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार दायाँतर्फको हातखुट्टा चल्ने क्रम बढेको अस्पतालका न्युरो सर्जन डा. राजीव झाले जानकारी दिएका छन् ।
उनका अनुसार दायाँ साइडको हातखुट्टाको मुभमेन्ट बढी भएको बताइएको छ । उनले भने, “तर, बायाँतर्फको भाग भने अझै पनि चलेको छैन । टाउकामा जमेको धेरै भएको पानी, रगत निस्किरहेको देखिन्छ।”
यसअघि नर्भिकमा भर्ना भएदेखि उनलाई लगातार बेहोस पार्ने औषधि राखेर उपचार जारी राखिएको थियो । शनिबार बिहान डेढ घण्टा जति बेहोस पार्ने औषधि नलाइ हेर्दा उनले दाहिने हात र खुट्टा चलाएको डा. झाले बताएका थिए ।
टाउकोमा जमेको पानी र रगत फाल्न उनको शल्यक्रिया गरिएको थियो । तर, अहिले नै उनको अवस्था कस्तो हुन्छ भन्न नसकिने डा. झाले बताएका छन् ।
नेता जोशीलाई शुक्रबार बिहान १ बजेतिर मस्तिष्कघात भएको थियो । मस्तिष्क घात भएपछि जोशीलाई राति नै वीर अस्पताल पुर्याइएको थियो । वीरमा उपचार सम्भव नभएपछि उनलाई नर्भिक लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति