
कोच दिपलाई हेप्पी बर्थ डे
१ पुष २०७५, आईतवार १६:१५
१४ बर्षकै उमेरमा म पत्थरको देउता होइन बोलको गित मार्फत नेपाली सांगितिक क्षेत्रमा पाइला राख्नु भएको दिप श्रेष्ठ एउटा उज्वल तारा सरी नेपाली सांगितिक क्षेत्रमा चम्किरहनु भएको छ । उहाँ सांगितिक परिवारमा जन्मनु भएको हो । उहाँको बुबा जयनारयण श्रेष्ठ भाइलेन र बासँरी बजाउनमा उस्ताद हुनुहुन्थ्यो । सन १९६० को दशकदेखि औपचारिक रुपमा नेपाली सांगितिक क्षेत्रमा यात्रा शुरु गर्नुभए सँगै उहाँको आगमनले नेपाली आधुनिक संगीतले सुनौलो युगको महसुस गरेको थियो । म त दुर देखि आए, हर रात सपनीमा, आमा म बौलाह होइन, सपनालई अगालेर, मेरो आखाँमा, कति कमजोर रहेछ भाग्य बोलका गितहरु नेपाली सांगितिक जगतमा अमर भएका छन् ।
लामो समय नेपाली सांगितक क्षेत्रमा लाग्नु भएको उहाँले रेडियो नेपालबाट बिभिन्न समयमा सम्मानित समेत हुनुभयो, हिट्स एफ.एम अवार्ड, दक्षिण बाहु, इमेज लाइभ टाइम अचिभमेन्ट अवार्ड लगायत विभिन्न अवार्डहरु प्राप्त गर्नुभएको छ । विश्वविख्यात सांगितिक रियालिटि शो द भ्वाइसको नेपाली संस्करणमा कोचको भुमिकामा देखिनु भएको छ, साथै पहिलो संस्करणमा उहाँकै टिमको ट्यालेन्ट सि.डि.विजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल बन्न सफल रहनु भयो ।
नेपाली सांगितक उद्योगलाई झन माथि पुर्याउन उहाँको गित, संगित तथा शब्दहरुले महत्वपुर्ण भुमिका खेलेको पाईन्छ् । नेपाली आधुनिक गित मार्फत देशभक्त, भावनात्म पक्षहरुलाई प्रस्तुत गर्न सफल गायक दिप श्रेष्ठलाई उहाँको जन्मदिनको हार्दिक शुभकामना ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै