
हिमालयन ह्वाइटहाउसको २० औँ वार्षिक उत्सवमा सपना रोका मगरसहित विद्यार्थीहरु सम्मानित
१६ फाल्गुन २०७७, आईतवार २२:०३
काठमाडौँ। काठमाडौँको तीनकुनेस्थित हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजले आफ्नो २० औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ। कार्यक्रममा प्रमुख अतिथि रहनुभएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कलेजले दुई दशकमा शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठले यस कलेजमा अध्ययन गरेका अधिर्काश विद्यार्थीले आफूले रोजेको क्षेत्रमा रोजगारी पाउन सकेको बताउनुभयो। कार्यक्रममा कक्षा १२ मा विभिन्न सङ्कायबाट उत्कृष्टता हासिल गरेका नौ विद्यार्थीलाई सम्मान गरिएको थियो। कार्यक्रममा ह्वाइटहाउस एजुकेसन फाउन्डेसनका अध्यक्ष युवराज शर्मा, डा. नवीन शर्मा, कार्यक्रमका सभापति नारायण काफ्ले र शिक्षा मन्त्री श्रेष्ठ विद्यार्थीहरूलाई सम्मान गरेका थिए।
कार्यक्रममा विज्ञान संकायबाट उत्कृष्ट विद्यार्थी कुशल दाहाल, व्यवस्थापन संकायका उत्कृष्ट विद्यार्थी पुष्कर कुमार यादव र मानविकी संकायतर्फबाट उत्कृष्ट विद्यार्थी काव्या शर्मालाई सम्मान गरिएको थियो।
साथै, पासाङ तामाङलाई ड्यान्यामिक विद्यार्थी, जनक सुनारलाई वेस्ट लिडर अवार्ड, विवेक यादवलाई इमर्जिङ क्रिकेटर अवार्ड, क्षितिज न्यौपानेलाई वेस्ट ग्रुम्ड अवार्ड र आरियो पौड्याललाई आउट स्ट्यान्डिंग अवार्ड दिएर सम्मान गरिएको थियो।
पशुपतिमा लगिने शवको व्यवस्थापन गरेर बिबिसीको टप हन्ड्रेड इन्फूलेनिसयल वुमेन अवार्ड प्राप्त गर्नुभएकी सपना रोका मगरलाई पनि सम्मान गरिएको थियो। मगर सोही कलेजको कक्षा ११ मा अध्ययनरत पनि हुनुहुन्छ। कार्यक्रममा डा. नवीन शर्माले प्रेरणादायी भनाइ राख्नुभएको थियो । राष्ट्रिय सभा गृहमा भएको सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रमको सभापति तथा कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले कलेज प्रशासनले विद्यार्थीलाई कलेजले सिक्ने वातावरण बनाउन कुनै कसर नछोड्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले पास आउट भएका विद्यार्थीहरूलाई समेत कलेजले सहयोग गर्ने प्रतिबद्धता दोहोराए।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको