Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

महिनावारीको दुखाइ कम गर्ने घरेलु उपाय

१६ फाल्गुन २०७७, आईतवार २३:५५


काठमाडाै । महिनावारीको समय अधिकांश महिलाहरु पेट दुखाइको समस्याबाट गुज्रिरहेका हुन्छन्। विशेषगरी तल्लाे पेटकाे दुखाइ सहन नसकेर कतिले औषधि समेत सेवन गरिरहेका हुन्छन्।

महिनावारीको समयमा तनाव लिँदा पनि दुखाइ हुन सक्ने विभिन्न अध्ययनहरुले देखाएका छन्। अन्य समस्याका कारण पनि महिनावारीमा दुखाइ हुने गर्छ।

महिनावारीमा देखिने असामान्य संकेतहरु
कम्मर र फिलामा दुखाइ
पेटको तल्लो भाग दुख्नु
अचेत हुनु/वान्ता गर्नु
पसिना आउनु
रिंगटा लाग्नु
पखाला लाग्नु
कब्जियत हुनु
पेट फुल्नु/टाउको दुख्नु

उपचार

– यदि सहनै नसक्ने गरी पेट दुखेमा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्न सकिन्छ।
– कुनै केसमा चिकित्सकले हार्मोनल बर्थ कन्ट्रोल पिल्स सेवन गर्न पनि सल्लाह दिन्छन्, ताकि गर्भधारण पनि रोक्न सकियोस् र यसले तपाईँको मासिक दुखाइमा पनि राहत मिलोस्।

दुखाइ कम गर्ने प्राकृतिक तथा घरेलु उपाय

– दैनिक शारीरिक व्यायाम गर्ने।
– योग वा ध्यानमार्फत् तनाव कम गर्ने।
– धुमपान र मद्यपानबाट टाढा रहने।
– तातो पानी राखेको रबरको थैलोमा राखेर दुखेको ठाउँमा सेक्ने।
– मस्तिष्कलाई आराम दिने अभ्यास गर्ने।
– मसाज गर्ने, तातोपानीले नुहाउने।
– अदुवा, सुप सेवन गर्ने।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,