किन बिल गेट्स एन्ड्रोएड फोन चलाउन मन पराउँछन् ?


काठमाडौं । विश्वभर आइफोन प्रयोगकर्ताको संख्या एक अरब बढी छ, जसमा विश्वका धनाढ्य व्यक्तिहरु पनि पर्छन् । तर माइक्रो सफ्टका संस्थापक बिल गेट्स भने यस सूचीमा पर्दैनन् ।

सामाजिक सञ्जाल क्लबहाउस गेट्समा भएको एक अन्तर्वार्ताको क्रममा बिल गेट्सले आफू आइफोन भन्दा पनि एन्ड्रोएड फोन चलाउन मन पराउने बताएका छन् ।

‘म वास्तवमा एन्ड्रोइड फोन प्रयोग गर्छु किनकी मलाई हरेक कुराबारे ट्रयाक राख्नु पर्छ । कहिलेकाहीँ आइफोन पनि चलाउने गर्छु तर मैले बोक्ने फोन एन्ड्रोइड नै हो,’ उनले भने ।

आइफोन नचलाउनुको अर्को कारण त्यसमा माइक्रोसफ्ट सफ्टवेयर सजिलै इन्स्टल नहुनु पनि उनले बताए । एन्ड्रोइड फोनबाट काम गर्न सहज हुने उनले बताए।

‘‘एन्ड्रोइड फोनको अपरेटिङ सिस्टममा कुनैपनि सफ्टवेयर सजिलै जोडिन्छ तर आइफोनको आइओएसमा यो कुराको झन्झट छ, गेट्सले भने ।

बिल गेट्सले अन्तर्वार्ता दिएको एप क्लबहाउस आइफोनको एप स्टोरबाट मात्र डाउनलोड गर्न पाइन्छ र एन्ड्रोइडमा भने यो एप उपलब्ध छैन।


Loading comments...