kahun

पोखरामा काँहु महोत्सव


सुन्दर नगरी पोखरा पर्यटकिय हिसावले अत्यन्तै लोकप्रिय गन्तब्य स्थान मानिन्छ । चारैतिर अग्ला पहाडहरु अनि उत्तरतिर डाँडा माथि ढपक्क हिउँले सु-सज्जित हिमालहरुका दृष्यहरुले मन नै लोभ्याउछ । नेपालको सवैभन्दा बढि पानी पर्ने अनि बदली भैरहने मौसम र यहाँको मोह जगाउने प्राकृतिक बातावरणले मानिसहरुलाइ आर्कषित गर्दछ । यहाँ बर्षेनी लाखौँ पर्यटकहरु आउने गर्दछन । आठ ताल भएको यो विश्वको सबैभन्दा उत्कृष्ट शहरहरु मध्येको मानिने यस शहर राजधानी शहर देखि बस यात्राको लागि पनि विश्वकै उत्कृष्ट गन्तव्य स्थल मानिएको छ ।

काँहु महोत्सव

अन्नपुर्ण हिम-श्रृंखला मात्र नभएर फेवाताल, तालबाराही मन्दिर, विन्दबासिनी मन्दिर, अन्र्तराष्ट्रिय पर्वतिय संग्रहालय, पातले छाँगो, विश्व शान्ती स्तुपा, ढुगेंसाँघुको पुल, बेगनास ताल, बन्जी जम्प जस्ता विभिन्न रमणीय पर्यटकिय स्थलहरुले अझ पर्यटकहरु आर्कषण गर्न सफल भएको छ । पोखराको प्राकृतिक सौन्दर्यताले मात्र नभइ यहाँको चाल-चलन र रितिरिवाज र संस्कृतीले पनि पर्यटकहरुको आकर्षणको केन्द्र बन्न पुगेको छ । यस्तै संस्कृतीको जर्गेना गर्ने उद्देश्यले बेला बेलामा विशेष महत्व बोकेका महोत्सव तथा मेलाहरुको आयोजना पनि गरिन्छ ।

काँहु महोत्सव

गत हप्ता मात्र पोखराको भण्डारढिकमा ‘लेखनाथ महोत्सव‘ र रातो पैह्रामा ‘अन्तराष्ट्रिय पर्वतिय मेला’ सम्पन्न भयो, हाल मंसिर २८ देखि पौष ८ गते सम्म ‘काँहु महोत्सव’ चलिरहेको छ । मेला पोखराको उत्तरमा पर्ने काँहु डाँडाको शिखरमा आयोजना गरिन्छ । त्यहाँबाट माछापुच्छे्र हिमाल, धौलागिरी हिमाल, अन्नपुर्ण हिम श्रृंखलाहरु नजिकैवाट अवलोकन गर्नुका साथै पोखरा शहरको दृष्य स्पष्ट रुपमा अवलोकन गर्न सकिने छ । स्थानिय उत्पादनहरुलाइ प्रवर्धन गरिएको सो मेलामा विभिन्न हाँस्य कलाकार तथा लोक गाएकहरुको दमदार प्रस्तुती रहने छ । भोली २ गते चर्चित लोक दोहोरी गायक राम्जी पौडेल, ३ गते गते प्रदिप तिर्पाठि, ४ गते कृष्ण सुबेदी र ७ गते राजन कार्कीको प्रस्तुती रहने जनाइएको छ ।

काँहु महोत्सव

अव केहि दिन पछि मात्र पोखराको विशेष मेला पोखराको लेकसाइडमा ‘पोखरा सडक महोत्सव’को आयोजना हुँदैछ, त्यसको केहि दिन लगत्तै पोखरा प्रर्दशनी केन्द्रमा ‘पोखरा औधोगिक ब्यापार मेला’ सम्पन्न हुनेछ भने माघ १ गते बर्षेनि संचालन हुने कास्की जिल्लाकै पुरानो मेला पोखराको ढुङ्गेसाँघुमा ‘ढुङ्गेसाँघुको मेलाको आयोजना हुनेछ । शिवरात्रीको मौका छोपेर जनप्रिय मार्ग सिमलचौरमा पनि मेलाको आयोजना हुने बताइएको छ ।

काँहुवाट तिहारमा खिचिएको पोखराको मनोरम दृष्य
काँहुवाट खिचिएको मनोरम दृष्य
काँहुवाट खिचिएको मनोरम दृष्य
Pokhara ultralight

 


Loading comments...