
मेरो ज्यान तलमाथि हुनसक्छ ! – प्रधानमन्त्री ओली
१७ फाल्गुन २०७७, सोमबार १५:१३
पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि भयो भने अन्यथा मान्न नहुने बताएका छन् । पोखरामा शनिबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले विकासका कामहरू देखेर देशी विदेशी तत्त्वबाट प्रहार खेपिरहेको बताएका छन् ।
उनले भने, “विकासका काम गरिरहेको देखेर नै देशी-विदेशी तत्त्व सरकार असफल पार्न लागिरहेका छन् । विकास निर्माणको कामले गति लिइरहेको कारणले म माथि प्रहार भएको छ । सम्पूर्ण रूपमा म माथि अत्यन्तै तीव्र रुपमा प्रहार भएको छ ।”
यस्तै, उनले आफूमाथि शारीरिक हमलाको हुनसक्ने लख पनि काटे । प्रशिक्षण कार्यक्रममा भने, “अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन । म रहिन भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ