Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

कुस्तीको नियम राखौँ, जित्नेचाहिँ प्रधानमन्त्री :ओली

१७ फाल्गुन २०७७, सोमबार २३:३२

लोकप्रिय

पोखरा । आन्तरिक झगडामा रुमल्लिरहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरुलाई कटाक्ष गरेका छन् । विधी, पद्धती र प्रक्रियाको रटान लगाउनेहरु नै विधी विपरित कार्य गरिरहेको उनको आरोप छ ।

संसद् विघटनपछि नेकपाका एकअर्का पक्षले एकअर्कालाई कारवाही गरिसकेका छन् । तर, वैधानिकता भने कुनैले पाइसकेका छैनन् । आधिकारिक को भन्ने लडाई नेकपामा जारी छ । एकअर्का पक्षले कटाक्ष, आरोप र व्यंग्यवाण प्रहार गर्न छाडेका छैनन् ।

आरोप प्रत्यारोपको श्रृंखलाकै बीच सोमबार प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई आफूले नै कारवाही गर्नसक्ने चेतावनी दिएका छन् ।

प्रचण्ड नेपाल पक्षले दाबी गरेको बहुमत केन्द्रीय कमिटी आफूले नै नोटकपीमा लेखेर दिएको बताउँदै उनले त्यसलाई हटाउन सक्ने चेतावनी दिए । यसको उदाहरणमा उनले देव गुरुङलाई सचेतक पदबाट हटाएको स्मरण गराए ।

यही आधारमा प्रचण्ड नेपाललाई पनि कमिटीबाट हटाउन सक्ने र आफूले अहिले त्यहाँसम्म सोचिनसकेको उनले बताएका हुन् ।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “मुख्यसचेतक बनाएको थिएँ देव प्रसाद गुरुङलाई अस्तिका दिनमा हटाइदिएँ । मैले बनाएको थिएँ हटाइदिएँ, जरुरी परेको दिन उहाँहरुलाई पनि हटाइदिन्छु । अहिलेसम्म हटाएको छैन । उहाँहरुको पद केही पनि चलाइदिएको छैन ।”

उनले यतिमात्र भनेनन्, आफूलाई पार्टीभित्रैबाट हटाउन यसअघि पनि लागिएको र अहिले पनि आफ्नै पार्टीका नेताहरु उक्त धन्दामा लागेको उनले बताए ।

“अघिल्लो पटक पनि उहाँहरुले मलाई प्रधानमन्त्रीबाट हटाउनुभएको हो । हटाउने उनै माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल हुन् । एउटै पार्टीमा बसेर पनि मलाई हटाइहाल्नुपर्छ भनेर लाग्नुभयो,” उनले भने ।

अहिले पनि नेकपाको प्रचण्ड नेपाल पक्षले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरिसकेको छ । तर, उक्त निर्णयलाई प्रम ओलीले चुनौती दिए ।

हटाउन सक्ने भए संसदीय दलको बैठक बोेलाइदिने र संसदीय प्रक्रियाबाटै हटाउन चुनौती पनि दिए ।

“अविश्वासको प्रस्ताव राखेर हटाउनहोस न । कमसेकम कुस्तीमा कसले जित्छ, हार्छ भन्ने नियम राखेर भएपनि हटाउनुहोस् ।

उहाँहरुलाई आफू बलियो छु भन्ने जस्तो लाग्छ, भने कुस्ती खेलेर प्रधानमन्त्री बन्ने नियम बनाउनुहोस्,” उनले भने ।

प्रधानमन्त्रीबाट हटाउने केही आधार पेश गर्न उनले चुनौती दिए । “केही त नियम चाहियो नि । संसदीय नियमाको अभ्यासको कुरा गर्ने हो भने,” उनको भनाई थियो ।

ओलीले प्रचण्ड– माधव समूहको बहुमत दावी गरे पनि पुष्टि नभएको दावी गरे । “त्यो बहुमत कहाँ पुष्टि भयो ? त्यो पुष्टि भएको छैन । कार्की ब्याङ्केटमा भोज खान बोलाएर भोज खान आएकाहरुलाई म तिर यति मान्छे छन् भनेर हुन्छ ? अध्यक्षले बोलाएको बैठकमा, महासचिवले बोलाएको बैठकमा आउनुस् न,” उनले भने ।

अहिले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री दिए खान्थेँ भन्ने स्थितिमा पुगेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा