Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

नयाँ दिल्लीमा बाबुरामले भने – नेपाल चीनतर्फ ढल्केको छैन, भारतसँग राम्रो सम्बन्ध चाहन्छ

१८ फाल्गुन २०७७, मंगलवार १७:२६


नयाँ दिल्ली । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल चीनतर्फ नढल्किएको र भारतसँग राम्रो सम्बन्ध बनाउन चाहेको बताएका छन् ।

उपचारका लागि नयाँ दिल्ली गएका डा. भट्टराईले भारत र नेपालबीच बलियो आर्थिक र सांस्कृतिक सम्बन्ध रहेका कारण भारतसँग नै राम्रो सम्बन्ध बनाउन चाहेको र चीनतर्फ नढल्किएको बताएका हुन् ।

उनले मुलुकमा राजनीतिक संकट निम्तिएको र स्थायीत्व र भारतसँगको राम्रो सम्बन्ध सुनिश्‍चित गर्न चाहेको बताएका छन् । उनले भने, “नयाँ दिल्लीमा केहीलाई नेपाल पूर्णरुपमा चीनतर्फ ढल्किएको महसुस भएको छ । तर, त्यो सही दृष्टिकोण होइन ।”

“ऐतिहासिकरुपमा हामी भारतसँग नजिकै छौं,”उनले थपे, “चीन पनि हाम्रो मित्र हो । तर, हामी चीनसँग त्यति धेरै अन्तर्घुलन हुन सकेका छैनौं । चीन हिमालको पल्लोपट्टी छ ।”

उनले नेपाल अहिले संकटमा गुज्रिरहेको उल्लेख गर्दै भने, “बुहमतसहितको सरकार बनाएको नेपाल कम्युनिस्ट पार्टी अहिले दुई समूहमा विभाजित भएको छ । स्थायीत्व दिने क्रममा बीचबाटोमै संसद् विघटन हुनु मुलुकको प्रजातन्त्रका लागि राम्रो होइन ।”

नेपाल र भारतबीच लामो समयदेखि उच्च तहमा राजनीतिक संवाद नभएको टिप्पणी गरेका छन् । उनले भने, “सन् २०१४ मा भारतमा बीजेपी सत्तामा आयो र त्यही समयमा नेपालमा प्रजातन्त्रको अभ्यास भइरहेको थियो । दुई मुलुकमा मुख्य राजनीतिक दलबीचको संवाद गरेर दुई मुलुकबीचको सम्बन्धलाई ट्र्याकमा ल्याउनुपर्छ ।”

पूर्वप्रधानमन्त्री भट्टराईले सबै राजनीतिक दलहरुसँगको संवादबाट नै स्थायीत्व, आर्थिक विकास र नेपाल-भारतबीचको राम्रो सम्बन्ध सुनिश्‍चित हुने बताएका छन् । यो नै हाम्रो मुख्य एजेण्डा हुनेछ ।”

फागुन ११ गते सर्वोच्च अदालतले सरकारले पुस ५ मा गरेको संसद् विघटनको निर्णय बदर गर्दै संसद् पुनर्स्थापनाका लागि आदेश जारी गरेको थियो ।

उपचारका लागि नयाँ दिल्ली पुगेका डा. भट्टराई मंगलबार काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो