
नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहियो, मलाई हटाउन सजिलो छैन : प्रधानमन्त्री ओली
१८ फाल्गुन २०७७, मंगलवार १७:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउनसक्छ भने कसैले हटाए हुन्छ भन्दै चेतावनी दिएका छन् । झापामा मंगलबार पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले सक्छ भने हटाउन चेतावनी दिँदै आफूलाई हटाउन सजिलो नभएको बताएका छन् ।
उनले भने, “अब देश कसरी अघि बढ्छ ? मैले अदालतको फैसला मान्ने हो, कार्यान्वयन गर्ने हो । २३ गते अधिवेशन बोलाएको छु । म राम्ररी अधिवेशन चलाउने प्रयास हुन्छु । मेरो सकारात्मक भूमिका हुन्छ । म राजनीतिक गर्ने मान्छे हो । मलाई कसैले पनि हटाउन सक्छ भने हटाओस् । तर, सजिलो छैन ।”
उनले आगामी चुनावमा फेरि दुई तिहाइका साथ सिंहदरबार प्रवेश गर्ने बताएका छन् । उनले भने, “म नेपाली जनताका बीचमा जान्छु । म न्याय माग्न जान्छु । दुई वर्षपछि त चुनाव आइसक्छ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।”
प्रधानमन्त्री ओलीले जनतालाई समृद्ध बनाउनका लागि कोरिएको बाटोलाई अलमलिन नदिने र तगोरोहरु हटाएर अघि बढ्ने बताएका छन् । उनले थपे, “हामी छिमेकीसँग पनि मित्रवत सम्बन्ध राखेर अघि बढ्छौं । कोही अरुका लागि कम्फर्टेबल होइन कि नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहियो । नेपाली जनताका आवश्यकता पूरा गर्ने सरकार चाहियो । त्यसकारण हामी नेपाल र नेपालीका लागि काम गर्छौं । सबैसँग मित्रता राख्छौं । हाम्रो गन्तव्य समृद्ध नेपाल सुखी नेपाली बनाउने कुरा हो ।”
उनले सर्वोच्चले फैसला गर्दैमा चिन्ता गर्नु आवश्यक नभएको बताएका छन् । उनले भने, “चिन्ता गर्ने होइन । कतर्व्यप्रति निष्ठाका साथ अघि बढ्ने हो । कसैले बिथोल्न खोज्छ भने त्यसलाई रक्षा गर्दै अघि बढ्ने हो ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको