Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

विप्लव समूहद्वारा वार्ता टोली गठन

१८ फाल्गुन २०७७, मंगलवार १७:५२


काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। सरकारले वार्ता टोली गठन गरेपछि विप्लवले पनि वार्ता टोली गठन गरेको हो।

विप्लव निकट स्रोतका अनुसार पार्टीका प्रवक्तासमेत रहेका खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) काे संयाेजकत्वमा उदय चलाउने सदस्य रहेकाे वार्ता टाेली गठन गरेकाे हाे।

विप्लव समूहसँग वार्ता गर्न सरकारले मंगलबार नै दुइ सदस्यीय वार्ता टाेली गठन गरेकाे थियाे।

२०७५ फागुन २८ गते सरकारले विप्लव समूहमाथि प्रतिवन्ध लगाएको थियो। सरकारले समूहका गतिविधिहरु शंकास्पद भएको भन्दै प्रतिबन्ध लगाएको हो।

सरकारको तर्फबाट १/२ दिनमा नै प्रतिबन्ध हटाउने संकेत पाएको विप्लव समूहले जनाएको छ। प्रतिवन्ध हटाउने, सबै कैदीबन्दी रिहा गर्ने लगायतका मागहरु सरकारसमक्ष राखेको उक्त समूहले जानकारी दिएको छ।

नेताकार्यकर्ताको रिहाई, पार्टी माथिको प्रतिबन्ध फुकुवा , नेता कार्यकर्तामाथि लगाइएका सबै झुट्टा मुद्दाहरु खारेजी , बैकल्पिक सयुक्त सरकार गठन र त्यो सरकारको नेतृत्वमा बर्तमान पूँजीवादी ब्यस्था वा बैज्ञानिक समाजवादी ब्यवस्थाका निम्ति जनमत संग्रह गर्नुपर्ने मागहरु उक्त समूहले राखेको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ