Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

पाकिस्तानी प्रधानमन्त्री खानको विमानलाई भारतीय हवाइक्षेत्र प्रयोगको अनुमति, चौतर्फी प्रशंसा

१९ फाल्गुन २०७७, बुधबार १६:२०


नयाँ दिल्ली । पाकिस्तानी प्रधानमन्त्री इमरान खान सवार हुने विमानलाई भारतले आफ्नो हवाइक्षेत्र प्रयोगको अनुमति दिने निर्णयलाई प्रशंसनीय कदमको रुपमा टिप्पणी गरिएको छ । गत फेब्रुअरि २३ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खान श्रीलंका भ्रमणमा जाँदा भारतले आफ्नो हवाइक्षेत्र प्रयोगको अनुमति दिएको थियो । दुई देशबीचको चिसिएको सम्बन्धका बाबजुद भारत सरकारको यो निर्णय प्रशंसनीय भएको काजख्स्तान, स्वीडेन र लात्भियाका लागी भारतीय पूर्व राजदुत अशोक सज्जनहारले टिप्पणी गरेका हुन् ।

स्रोतः द सिंगापुर पोष्ट

कुनै पनि मुलुकका प्रमुखको विमानका लागि हवाईक्षेत्र प्रयोग गर्न दिने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भारतले अनुमति दिएको पूर्व राजदुतको भनाइ छ । भारतले काश्मिर क्षेत्रमा मानव अधिकार उल्लंघन गरिरहेको भन्दै सन् २०१९ मा अमेरिका र साउदी अरबको भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विमानलाई पाकिस्तानले आफ्नो हवाइक्षेत्र प्रयोग गर्न अस्वीकार गरेको थियो । विगतमा पाकिस्तानको यस्तो कदमका बावजुद भारतले अन्तर्राष्ट्रिय मूल्य–मान्यता अनुसार निर्णय लिनु सकारात्मक र प्रशंसनीय रहेको पूर्व राजदूत सज्जनहारले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो