चिडियाखाना पुगेर प्रधानमन्त्रीले चिपान्जीलाई भने – ओ काले, भालुलाई भने – यता हेर् !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ललितपुरको जावलाखेलस्थित चिडियाखाना पुगेका छन् ।

चिडियाखाना पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गरेका छन् । वन्तजन्तुको अवलोकन गर्दै भालु भएका ठाउँमा पुगेर ओलीले, ‘ओ भालु, यता हेर…ओ भालु उता हेर..’ भन्दा उनीसँगै गएका सबै हाँसेका थिए ।

वन्यजन्तुलाई रोचक ढंगले बोलाएका प्रधानमन्त्री ओलीले चिपान्जी भएको ठाउँमा पुगेर, ‘ओ काले, ओ काले…’ भन्दै बोलाए । चिडियाखाना प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई हात्तीले स्वागत गरेको थियो । आफूलाई स्वागत गर्ने हात्तीलाई उनले फलफूल खुवाए । ओलीले केरा र स्याउ खुवाएर हात्तीलाई खुसी बनाएका हुन् ।

अवलोकनसँगै प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओलीले चिडियाखाना परिसरमा प्रतिस्थापन गरिएको शिलापत्रसमेत अनावरण गरेका छन् ।


Loading comments...