Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

प्रचण्ड–माधव समूहद्वारा नेकपा संसदीय दलका उपनेता नेम्वाङसहित ७ नेता निलम्बन

१९ फाल्गुन २०७७, बुधबार २२:५४


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको बिबाद र बिग्रह सतहमा आइरहेको बेला पार्टीको प्रचण्ड–नेपाल नेपाल समूहले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई निलम्बन गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको सो समूहको केन्द्रीय कमिटीको बैठकले नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । सो समूहको बैठकले यस अघि नै संसदीय दलको नेता तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाई सकेको थियो ।

प्रतिनिधि सभाको बैठक आगामी फागुन २३ गते बेलाएको अवस्थामा सो समूहले ओली पक्षका कट्टर बिरोधी र महत्वपूर्ण पदमा रहेकालाई निलम्वन गर्न थालेको हो ।

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको सो बैठकले नेकपा संसदीय दलका प्रमुख सचेतकमा हालै ओलीद्वारा नियुक्त सांसद बिशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद तथा पूर्वमन्त्री महेश बस्नेत र शहरी विकास मन्त्री बनेका सांसद प्रभु साहलाई निलम्बन गरेको हो ।

त्यस्तै, ओली समूहको सूदुरपश्चिम प्रदेश संयोजक कर्ण थापा र प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापालाई ६ महिना निलम्बनको निर्णय गरेको हो । निलम्बनमा परेका तीन जना पदिय हैसियतमा र वाँकी चार जना प्रचण्ड–माधव समुहका कट्टर आलोचकको रुपमा चिनिएका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री

काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ

काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा