Lifestyle Portal
  •   ९ बैशाख २०७८, बिहीबार

भारत बायोटेकको ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

१९ फाल्गुन २०७७, बुधबार २२:५८

काठमाडौं । भारत बायोटेकले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । कम्पनीले बुधबार तेस्रो चरणको परीक्षणको अन्तरिम नतिजा सार्वजनिक गर्दै खोपको प्रभावकारिताबारे जानकारी गराएको हो ।

सरकारले जनवरीको पहिलो सातामा खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृतिको अनुमति दिएको थियो । अन्तिम चरणको नतिजा नै नहेरी प्रयोगका लागि स्वीकृति दिइएको भन्दै खोप विज्ञहरुले त्यतिबेला सरकारको विरोध गरेका थिए । यद्यपी प्रधानमन्त्री नरेन्द्र मोदीसहित कयौँ मन्त्रीहरुले कोभ्याक्सिनको डोज लिइसकेका छन् ।

याे खाेप नयाँ प्रजातिकाे काेराेना संक्रमणविरूद्ध पनि प्रभावकारी हुने दाबी गरिएकाे छ । हैदराबादस्थित भारत बायोटेकले यो खोप भारतीय मेडिकल रिसर्च काउन्सिल (आईसीएमआर) को सहयोगमा विकसित गरेको हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा

काठमाडाैं- भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर

काठमाडौं । एउटा नयाँ अध्ययन अनुसार डबल माक्स वा फेस मास्क लगाउँदा कोभिड संक्रमित ब्यक्तिको थुकको छिटा वा थोपा छान्ने

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएसंगै विश्वभर खोप उत्पादन तिब्र पारिएको छ भने करिब सबै देशले कोभिडबिरुद्धको खोपलाई विशेष