इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका आलमलाई छुटाउने प्रयास गर्दै देउवा


रौतहट- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका-६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे ।

पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गरेका थिए । महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ । रासस


Loading comments...