
भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माविको पुनर्निर्माण सुरु
२० फाल्गुन २०७७, बिहीबार ०८:५२
काठमाण्डौ । भारत सरकारको सहयोगमा नेपालको काठमाडौंस्थित दक्षिणकाली नगरपालिकामा बिद्यलय पुननिर्माण कार्य शुरु भएको छ । करिब ६ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरको भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माध्यमिक विद्यालयको भुकम्प प्रतिरोधी भवन पुनर्निर्माण कार्य सुरु भएको काठमाडौंस्थित भारतीय दूतावासले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
नवनिर्मित भवनको संरचनामा दुइवटा ब्लकहरु रहनेछन् जसमा १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टा छुट्टै सरसफाई संरचना रहनेछन् । विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थानले प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ ।
यो शैक्षिक संस्था भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने ६६ औं विद्यालय हो । भारत सरकारले नेपालका ८ जिल्लामा कूल ७१ शैक्षिक संस्थाहरुको पुनर्निर्माण गर्न ५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यो बाहेक भारत सरकारले स्वास्थ्य क्षेत्र, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि समेत थप २० करोड अमेरिकी डलरको आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि गरिसकेको छ ।
तस्वीर: भारतीय दूतावास
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न